- कैलाली, माघ २६ गते सोमबार ।।
- जनप्रभाव न्यूज
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता हुन सक्ने देखिएको छ । नेकपा ओली समूहले मुख्यमन्त्री भट्ट विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको बताइएको छ । मुख्यमन्त्री भट्ट नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको हिँउदे अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ । गत जेठ १३ गते प्रदेशकाे बजेट अधिवेशन सुरु भएर भदौ ३१ गते सकिएको थियो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गरिसक्नुपर्ने भएकाले आजबाट हिउँदे अधिवेशन बोलाइएको हो ।आजको प्रदेश सभा बैठकमा तीनवटा विधेयक पेश हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेका तीनवटा विधेयक प्रदेश सभामा यसअघि नै दर्ता गराइसकिएको छ ।
