प्रकाशित मिति -२०७६ चैत २६ गते- लहान । गाइघाठबाट ६ जना यात्रुलाई लहान हुँदै मिर्चैया तर्फ लिएर जादै गरेको अबस्थामा एक एम्बुलेन्सलाई लहान प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही थालेको छ।
स्वास्थ चौकी अाँपटार द्वारा सञ्चालित स १ झ ५३९ नम्बरको एम्बुलेन्समा गाइघाट बाट यात्रु बोकेर लहान हुँदै मिर्चैया तर्फ जादै गर्दा लहान सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले नियन्त्रणमा लिएको हो।

















