- काठमाडौं,माघ १८ गते आइतबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले ६ सय ७९ मेगावाट जडित क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको छ ।
अरुण आयोजना निर्माणको जिम्मा भारतलाई दिएर ओलीले आफ्नो असली अनुहार उदांगो पारेका छन् ।
चितवनमा राम जन्मिएका हुन् भन्दै आवरणमा राष्ट्रवादी देखाउने तर भित्रभित्रै अरबौंको अरुण तल्लो आयोजना भारतलाई सुम्पने ओली राष्ट्रवाद छताछुल्ल भएको छ । कालापानीको नक्सा जारी गर्ने र वास्तविक अयोध्या नेपालमै पर्छ भन्दै राष्ट्रवादको माला जप्दै अरुण तल्लोको ठेक्का भारतीय कम्पनी सतजललाई सुम्पिएका छन् ।
आयोजना निर्माणमा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेडले पनि प्रस्ताव पेश गरेको थियो । तर प्रधानमन्त्री ओलीले भारतीय कम्पनी सतजललाई दिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीको जोडमा भारतलाई तल्लो अरुण आयोजना निर्माणको ठेक्का दिइएको छ ।


















