प्रकाशित मिति – २०७६ चैत २४ गते सोमबार जनकपुर । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लगाएको लक डाउनको महोत्तरीमा उल्लंघन गर्ने क्रम जारी रहेको छ ।
सदरमुकाम जलेश्वरलगायत जिल्लाको रामगोपालपुर, सम्सी र गौशालाका विभिन्न स्थानहरुमा तरकारी तथा आवश्यक सामग्री खरिद गर्ने नाममा भीड नै सडकमा ओर्लने गरेको छ ।
जलेश्वर रंगशालामा लगाइएको बजारमा नै भीड अनियन्त्रित हुने गर्छ। जसले गर्दा संक्रमणको जाखिम बढेकाे छ । अत्यावश्यक सामान किन्न त्यहाँ दैनिक भीडभाड हुने गरेकाे छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अति आवश्यकहरुको लागि बिहान दुई घन्टा बजार खुला गरेको उल्लेख गर्दै सबै सचेत हुनुपर्ने बताए ।
यस्तै अवस्था रहेमा बजार पूर्ण रुपमा बन्द गर्ने निर्णयसमेत लिनु पर्ने उनले बताए । लकडाउनका कारण सवारी नचले पनि गाउँघरमा भीडभाड हुन छाडेकाे छैन् ।
तपाईको प्रतिक्रिया !
