Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खर्बपति शेष घलेको भाइ भन्दै चिनियाँ दम्पत्तिको करोडौँ ठगी गर्ने लमजुङका गम बहादुरको कर्तुत

  • काठमाडौं ,माघ ११ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले काठमाडौंमा न्यायाधीश पत्नी, चिनियाँ व्यवसायी दम्पत्तिदेखि बैंक र सहकारीसम्मलाई ठगी गरेको रहस्य बाहिरिएको छ । वर्षौंदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा एक रुपैंयाँ नभएपनि थोरै पैसा लिएर ठूलो रकमको चेक भिडाउँदै हिँड्ने गरेको धेरैवटा प्रमाण सार्वजनिक भएको छ । करोडौंको कुरो गर्ने, त्यहिबमोजिम चेक काटेर अरुलाई दिने तर, बासचाहिँ सामान्य डेरामा बस्ने गरेका लामिछाने आफूलाई पूर्व राजपरिवार निकट व्यक्ति र विभिन्न राजनीतिक दलका नेता निकट भन्दै सयौंलाई ठग्न सफल भएका छन् ।

ठग्ने क्रममा पछिल्लो पटक चिनियाँ व्यवसायी दम्पत्ति लामिछानेको जालमा परेका छन् । नेपालमा लगानी गरेर ठूलो व्यवसाय गर्ने योजना बनाएका चिनियाँ दम्पतिलाई लामिछानेले शेष घलेको भाइ भएकाले वैदेशिक लगानीसम्बन्धी सबै ज्ञान भएको बताएका थिए । ‘विदेशीले नेपालमा सोझै लगानी गर्न पाउँदैन, अचल सम्पत्ति खरिद गर्न त झनै पाउँदैन’ भनेर उनीहरुकै पैसामा सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा ६ करोड ५० लाख रुपैयाँ तिराएर एउटा घर किनाए । घर किनाए बापत एक करोड १० लाख कमिशन खाएर उक्त घर आफ्नै नाममा पास गर्न समेत सफल भए । आफ्नो नाममा पास गरेको घर एक हप्ताभित्र चिनियाँ दम्पत्तिलाई फिर्ता गर्ने कागज गरेका लामिछानेले दुई वर्ष वित्न लाग्दा पनि आफ्नो वाचा पुरा गरेनन् ।

चिनियाँ दम्पत्तिलाई घर फिर्ता गर्नु त कता हो, त्यही घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट २ करोड चानचुन ऋण निकालेर अपचलन गरेका छन् ।

सहकारीबाट लाखौंको ऋण झिकेर नयाँ गाडी चढ्ने, ऋण झिकिएको पैसाले मोजमस्ती गर्ने लामिछानेले चिनियाँ व्यवसायीद्वारा संचालित चितवनको घाँस फ्याक्ट्री समेत आफ्नै हो भनी अरुलाई ठगी गर्दै आईरहेका छन् । गत हप्ता मात्रै २ करोड रुपैयाँ सभिल बैंकबाट झिकेर उनले सेन्ट्रल फाइनान्सलाई तिरेपछि बैंकबाट थप ४ करोड निकाल्ने प्रयास गर्दा शंकास्पद देखिएपछि अहिले काठमाण्डौ जिल्ला अदालतले कारोबारमा रोक लगाएको बुझिएको छ । २०४९ सालमा लमजुङ्ग जिल्ला प्रशासन कार्यालयबाट निकालिएको नागरिकताको आधारमा २०६७ सालसम्म तेस्रो प्रतिलिपि बनाएका थिए । उनले हरेक प्रतिलिपिबाट नयाँ ठाउँ, नयाँ प्रयोजन र नयाँ कारोबार गर्ने गरेको पुष्टि भएको छ ।

कारोबारलाई हेर्दा उनी कर्जा सूचना केन्द्रको कालोसूची नम्बर १०७३०,१०७०८,१०६८४ र ३९१९ मा यसअघि नै परिसकेका व्यक्ति हुन् । उक्त नम्बरको आधारमा उनी २०६८ भदौ १६ गतेदेखि २०७६ साउन मसान्तसम्म कालो सूचीमा कायम रहेको देखिन्छ । तर, त्यसबीच बैंकिङ्ग कारोबार कसरी गरे त्यो पाटो झन् रहस्यमय बनेको छ ।

पछिल्लो पटक काटेको सिद्धार्थ बैंकको तीनवटा चेकमध्ये दुईवटा आगामी चैत २८ गतेको र एउटा गत पुस २८ गतेको छ । ती चेकमा क्रमशः ९५ लाख, १ करोड ९४ लाख र २ करोड रुपैयाँ लेखिएको छ । तर खातामा रकम शुन्य छ । शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीलाई आफूले चढ्ने गरेको जीपमा लाखौं फसाइदिएका छन् । हालसम्म किस्ता भुक्तानी नगरेकोमा चुक्ता गर्न आउन उक्त सहकारीले दिएको ७ दिने म्यादको सूचनाबाट पनि सहकारी फसेको प्रमाणित हुन्छ ।

गत वर्षमात्रै ठगी मुद्दामा जेल चलान भएर कैदसमेत भुक्तान गरेको लामिछानेले शेष घलेको नाम बेच्दै धेरै जनालाई ठगेको प्रहरी स्रोतले बताएको छ । छुुटेपछि उनले फेरि त्यहि धन्दा दोहोर्याएका छन् ।परिवर्तन खबरबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh