जन प्रभाब – २०७६ चैत २३ गते आइतबार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले पर्याप्त ध्यान नदिँदा मुलुक दोस्रो चरणमा पुगेको आरोप लगाएको हो ।
विदेशबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिँदा पनि सरकारले त्यसको पूरै बेवास्ता गरेका कारण अहिलेको स्थिति देखापरेको क्रान्तिकारी माओवादीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीलाई निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई परिचालन गर्नुपर्नेमा सरकार स्वास्थ्य सामग्रीबाट कमिशन प्रकरणमा लागिपरेको आरोप लगाएको छ। पार्टीका महासचिव मोहन वैद्य किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘हाम्रो पार्टी नेपाल सरकारको यस्तो लापरबाही र गैरजिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्र्सना गर्दछ’ भनिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को विज्ञप्ति सहित –


















