Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्वराजा शाहको दबाबपछि ८० करोडमा देशको चर्चित पाँचतारे सोल्टीको सेयर बिक्रि

  • काठमाडौं , पुस २१ गते मंगलवार ।।
  • जनप्रभाव – सम्बादाता

देशको चर्चित पाँचतारे होटल सोल्टीबाट आफ्नो लगानी झिक्न हङकङको कम्पनी होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडलाई यस होटलका मुख्य लगानीकर्ता पूर्वराजा ज्ञानेन्द्र शाहको समूहले दबाब दिएको खुलेको छ।

होटलको लाभांश रकम र थप लगानी ल्याएर हङकङको कम्पनीले नेपालमा अन्य क्षेत्रमा लगानी गर्ने तयारी गरेपछि शाहको समूहले सोल्टी होटलमै लगानी थप्न वा होटलबाट लगानी झिक्न दबाब दिएको खुलासा भएको हो। सोल्टीमा हङकङको कम्पनी होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत सेयर स्वामित्व थियो।

दबाबपछि ७३ लाख २६ हजार कित्ता सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको समूहलाई नै बेचेर हङकङको उक्त कम्पनी बाहिरिएको थियो। हङकङको कम्पनीले संस्थापक सेयर २०७७ जेठ/असारमा र साधारण सेयरचाहिँ असोजमा बिक्री गरेको हो।

सोल्टी होटलमा हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १०, पूर्वराजा शाहको समूह सोल्टी इन्स इन्टरप्राइजेज प्रालिको ३९ दशमलव ५७, नेपाल वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी थियो।

तर हङकङको कम्पनीको सेयर किनेपछि अब पूर्वराजा शाहको समूह सोल्टी इन्स इन्टरप्राइजेज प्रालिको सेयर ४९ दशमलव ५७ प्रतिशत पुगेको छ। पूर्वराजा शाहको समूहले हङकङको कम्पनीलाई दबाब दिनुको मुख्य कारण भने नेपालको हस्पिटालिटी क्षेत्रमा समेत लगानी रहेको एक अग्रणी व्यावासयिक ग्रुपसँग उक्त कम्पनीले गर्न लागेको ‘लगानी सहकार्य’ रहेको बताइएको छ।

तर पूर्वराजा शाहको समूहबाट कि उनीहरूसँगै ‘बिजनेश सहकार्य’ निरन्तर गर्न नभए सेयर बिक्री गर्न दबाब आएपछि हङकङको कम्पनी सेयर बिक्री गरेर बाहिरिने निष्कर्षमा पुगेको हो। यो कम्पनी सोल्टी होटलबाट ७२ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब ८० करोड नेपाली रुपैयाँ लिएर बाहिरिएको थियो।

कम्पनीको उक्त सेयर संस्थागत, साधारण र बोनस सेयरबापतको हो, जुन प्रतिकित्ता १० रुपैयाँको दरले बिक्री गरिएको थियो। कोरोना संकट आइपर्नुअगावै बाहिरिने प्रक्रियामा गइसकेको हङकङको कम्पनीले कोरोना काल अर्थात् जेठ/असारमा पैसा लगेको थियो।

नेपालको पाँचतारे होटलमध्ये सोल्टी सबैभन्दा राम्रो व्यावसायिक यात्रा गरिरहेको होटल मानिन्छ। राम्रो व्यवसाय भइरहेको होटलबाट लगानीकर्ता बाहिरिनुलाई त्यतिबेलै रहस्यमय मानिएको थियो। सोल्टी होटलले लगानीकर्ताहरुलाई हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ।

सोल्टी होटलको लाभांश रकम तथा थप विदेशी लगानी ल्याई नेपालको सो व्यावासयिक ग्रुपसँग साझेदारी गरेर नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गर्ने योजना पूर्वराजा शाहको समूहले थाहा पाएपछि सेयर बिक्री गर्न दबाब परेको हङकङको कम्पनी सम्वद्ध एक नेपाली व्यवसायी बताउँछन्।

पूर्वराजा शाहको समूहले हङकङको कम्पनीलाई अरुसँग साझेदारी गर्नुभन्दा सोल्टी होटलमै थप लगानी गर्न आग्रह गरेको थियो। लामो समयदेखि सहकार्य गरिरहेको भन्दै सोल्टी होटल प्रदेशस्तरमा विस्तार गर्ने गरी थप लगानी गर्न आग्रह गरिएपनि हङकङको कम्पनीले त्यसलाई अस्वीकार गर्यो।

त्यसपछि होटलमा रहेको लगानी झिक्न शाहको समूहले हङकङको कम्पनीलाई दबाब दियो। अनि हङकङको कम्पनीले पनि आफू बाहिरिन राजी भएको र त्यसको सेयर मूल्याङ्कन गर्न आग्रह गर्यो। त्यसपछि सेयर खरिदबिक्री प्रक्रियाको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागमा सोल्टी होटलले आवेदन दिएको थियो।

विदेशी लगानी फिर्ता गर्न चाहेको भन्ने आवेदन परेपछि विभागले मन्त्रालयको अधिकारी समेत राखेर विदेशी लगानीकर्ता र पूर्वराजा शाहको समूहसँग छलफल गरेको थियो। छलफलमा पूर्वराजाको समूहले नेपालको सो व्यावासयिक ग्रुपसँग सहकार्य गर्न चाहिरहेकोले हङकङको कम्पनी सोल्टीबाट बाहिरिन लागेको जानकारी गराएको मन्त्रालयका एक अधिकारीले बताए।

‘नेपालको सो व्यावासयिक ग्रुपसँग सहकार्य गर्न लागेकोले सोल्टीको लगानी झिकेर ठूलै रकम त्यता लगानी गर्दा राम्रो हुने सुझाव दिएको पूर्वराजा शाहको समूहले त्यतिबेला ब्रिफिङ गरेको थियो’, उद्योग मन्त्रालयका ती अधिकारीले भने, ‘हङकङको कम्पनीले पनि सोल्टी होटलको लगानी अन्यत्र लैजान चाहेको बताएको थियो।’

तर आधिकारिक रुपमा अहिलेसम्म सो व्यावासयिक ग्रुपसँग लगानी सहकार्य गरेको जानकारी भने नभएको ती अधिकारी बताउँछन्। सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले भने हङकङको कम्पनीले चाहेजसरी नै लगानी फिर्ता लगेको बताए।

उनले भने, ‘हङकङको कम्पनीले १० प्रतिशत लगानी लानको लागि सञ्चालक समितिको बैठकमा राखेको प्रस्ताव स्वीकृत भएर प्रक्रिया अघि बढेको थियो। सोहीअनुसार उसले लगानी फिर्ता लगेको हो।’

सोल्टी होटलमा रहेको हङकङको कम्पनीको सेयर संस्थापक, साधारण र बोनस सेयर गरी तीन प्रकृतिको थियो। सोही कारण उद्योग विभागले यो सेयर नामसारी गर्नुअघि सम्बन्धित निकायहरूसँग समेत परामर्श लियो। विभागले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सँग यसमा राय माग गर्यो। नेप्सेले साधारण सेयर दोस्रो बजारबाट नै बिक्री गर्नुपर्ने बताएपछि सोहीअनुसार बिक्री भएको थियो। नेपालखबरमा दिपक भट्टले लेखेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh