Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितताप्रति : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्व मौन 

काठमाडौँ चैत २१ गते । स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको अनियमितताप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मौन  देखिएको छ। 
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको सबैजसो निर्णयको खुलेर प्रशंसा गर्दै आएको पार्टी नेतृत्वले अनियमितताको विषयमा मौनता साधेपछि संस्थापनइतर पक्ष भने असन्तुष्ट छ। संस्थापन पक्षकै कतिपय नेता पनि यस्तो विषयमा पार्टी नेतृत्वबाटै आवाज आउनुपर्ने बताउँछन्। सरकारका निर्णयप्रति प्रशंसा गर्दै सुझाव दिँदै आएको नेतृत्वले यो प्रकरणमा विज्ञप्तिसमेत सार्वजनिक गरेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘मुख हुँदाहुँदै नाकले किन पानी खानु’ भन्दै आफू नै अगाडि आएर प्रतिक्रिया नदिएको बताए। यति ठूलो अनियमितताका विषयमा नेतृत्वको मौनतालाई भने आफूले बुझ्न नसकेको उनको भनाइ छ। ‘राज्यको दायित्व निर्वाह गर्नेभन्दा मौका छोपेर यस्तो बेलामा भ्रष्टाचार गर्नु ठूलो अपराध हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘कम्युनिस्ट सरकारका सार्वजनिक एकपछि अर्को काण्डले अन्ततः राष्ट्रलाई संकटमा धकेल्ने काम गरेको छ।’

अहिले भएको स्वास्थ्य सामग्रीको घोटाला, केही समयअघि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घूस रकम बार्गेनिङको अडियो, बालुवाटारको जग्गा प्रकरण सबैमा संस्थागत भ्रष्टाचार भएको पौडेलले दाबी छ। ‘भ्रष्टाचारलाई ढाकछोप गर्ने काम प्रधानमन्त्रीबाट हुन थालेको छ, अख्तियार पनि कार्यकारीको नियन्त्रणमा छ,’ पौडेलले भने, ‘यसले लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता, त्यागलाई समाप्त पारेको छ। सुशासनका लागि क्रान्ति नै गर्नुपर्ने अवस्था खडा गरिँदै छ।’

उपसभापति विमलेन्द्र निधिले भने स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई मानवताविरुद्धको अपराधको संज्ञा दिए। मानवतामाथि विश्वव्यापी संकट आइरहेका बेला अनियमितताको यत्रो काण्ड बाहिर आउनु सोच्न पनि नसकिने घटना भएको उनको भनाइ छ। ‘यो अनियमितता मात्रै होइन, ठूलो पाप पनि हो,’ उनले भने, ‘यस प्रक्रियामा जो जो संलग्न छन्, उनीहरुमाथि तत्काल छानबिन गरेर कारबाही अघि बढाइनुपर्छ।’

पूर्वअर्थमन्त्री समेत रहेका नेता रामशरण महतले सीमामा अलपत्र परेका नेपाली र अनियमितताका विषयमा पार्टीले प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको बताए। ‘संकटको बेलामा साथ दिनुपर्छ, दिइँदै आएको पनि छ। तर, सरकारका गलत कामलाई संकटको आवरणमा समर्थन जनाउन सकिन्न। नेतृत्वबाट जिम्मेवारपूर्वक आवाज उठाउनुपर्छ,’ महतले भने, ‘संकटकालीन अवस्थामा भ्रष्टाचार हुनु आपत्तिजनक छ।’ सरकारले अहिलेको संकटबाट बच्ने व्यवस्थापकीय क्षमता देखाउन नसकिरहेको अवस्थामा पार्टीले प्रश्न उठाउन सक्नुपर्ने उनले बताए।
यत्रो अनियमितताको विषय बाहिरिँदा नेतृत्व किन चुप?

प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘अनियमितताका विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा अभिव्यक्त गरिसकेको छु।’ मंगलबार उनले ‘अख्तियारलाई स्मृतिपत्र’ भन्दै ट्विट गरेका थिए। उनले लेखेका छन्, ‘संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व ! साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण ! अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न!’ मूल प्राथमिकता कोरोना भाइरसको महामारीबाट मुलुकलाई बचाउनु रहेकाले सरकारलाई त्यसमा साथ दिइएको उनको भनाइ छ।
सभापति देउवाले मंगलबार नै विज्ञप्ति जारी गर्दै सरकारलाई ११ बुँदे सुझाव दिएका थिए। तर चीनबाट ल्याइएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको अनियमितताबारे उनी मौन छन्।

बजारभाउभन्दा चर्को मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको विषयका चौतर्फी आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले आपूर्तिकर्ता ओम्नी समूहसँगको खरिद सम्झौता रद्द गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन सरकारले ओम्नीलाई जिम्मा दिएको थियो। तोकिएको समयमा ल्याउन नसकेको भन्दै सम्झौता बुधबार रद्द गरिएको थियो। बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त अनियमितताबारे छानबिन सुरु गरिरसकेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh