- सुनसरी,पुस १२ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
भारतबाट चोरी पैठारी गरी ल्याएको करिव ५ लाख रुपैया भन्दा बढीको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको सन्युक्त प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका-५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।

मिनी ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका-५ का ३६ बर्षीय कैसर आलमलाई नियन्त्रणमा लिईएको छ भनि ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोशी गाउँपालिका-५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामत समेतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।


















