Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहज अवस्थामा देशबाट लाभ लिने चौधरी, सुमार्गी र उपेन्द्र महतो संकट पर्दा कहाँ छन् ?

काठमाडौं । भारतका उद्योगपति ब्यापारीले कोरोना भाइरससँग लड्नका लागि सरकारलाई भरपूर सहयोग गरिरहेका छन् । टाटा ग्रुपले १५ सय करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । भारतका सबैभन्दा धनी ब्यापारी मुकेश अम्वानीले महाराष्ट्र सरकारको कोरोना बिरुद्धको कोषमा ५ करोड दिने भएका छन् । कोरोना रोकथामका लागि प्रतिदिन १ लाख मास्क बनाउने, कारोनाका बिरामी बोक्ने बाहनलाई निशुल्क इन्धन दिने, देशका विभिन्न शहरमा निःशुल्क भोजन गराउने जस्ता कार्य गर्ने घोषणा गरेका छन् ।

महिन्द्रा गु्रपका अध्यक्ष आनन्द महिन्द्राले आफ्नो पूरै तलव कोरोना कोषमा दिने घोषणा गरिसकेपछि बेदान्त ग्रुपका अध्यक्ष अनिल अग्रवालले पनि १ सय करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै पेटीएमका संस्थापक विजयशेखर शर्माले कोरोना भाइरसको औषधि बनाउन ५ करोड दिने घोषणा गरेका छन् । भारतमा उद्योगी ब्यापारीमात्र होइन, कोरोनाबिरुद्ध लड्न सरकारलाई फिल्मका नायक अक्षयकुमारले २५ करोड सहयोग गरेका छन् ।

भारतमा कोभिड १९ सँग जुध्नका लागि सरकारसँग उद्योगपति र ब्यापारीले हातेमालो गर्दै अगाडि बढेका छन् । तर नेपालमा फोब्र्स पत्रिकाले सबैभन्दा धनी भनेका तर करछलीमा माहिर उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सीआइएनका संस्थापक अध्यक्ष तथा विनोद चौधरी, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, गोल्छा अर्गनाइजेसनका संचालक तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग बाणिज्य महासंघको नेतृत्वका लागि तम्सिएका किशोर प्रधान, खेतान ग्रुपका राजेन्द्र खेतान, त्रिवेणी ग्रुपका सुवास संघई, चिनीका बादशाह शशीकान्त अग्रवालहरुले कोरोना महाहारीसँग लड्नका लागि सरकारी कोषमा अहिलेसम्म कति पनि सहयोग गरेका छैनन् । विनोद चौधरी सरकारी कोषमा सहयोग गर्नुको साटो ५०–१०० थान पीपीई लगायतका केही मेडिकल सामग्री बितरण गरी चर्चा बटुल्नै ब्यस्त छन् ।

राज्यबाट विभिन्न सुविधा लिएका यी उद्योगी ब्यापारीहरुले अहिले कोरोनाको महामारीका बिरुद्ध जुध्न सरकारसँग हातेमालो गर्नुपर्ने हो । तर उनीहरु अहिले कता छन् ? देशमा लकडाउन छ । लकडाउनको अवधि लम्बिंदा ज्याला मजदुरी गर्नेहरु भोकभोकै पर्दैछन् । यी उद्योगपति ब्यापारीले गरिब र विपन्न मजदुर भोकभोकै हुने अवस्था आउँदा उनीहरुका लागि खाद्यान्न र भोजनको प्रबन्ध गर्न समेत कन्जुस्याई गरेका छन् ।
देश महामारीबिरुद्ध जुधिरहेको छ, तर विगतमा राज्यबाट करदेखि विभिन्न सहुलियत लिएका केएल दुगड ग्रुप, ज्योति समूह पनि सहयोग गर्न अग्रसर देखिएका छैनन् ।

सिमेन्ट उद्योगबाट लाभ लिएका सीआइएनका अध्यक्ष तथा शिवम् सिमेन्टका संचालक सतिश मोर, उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा ब्यापारी पशुपति मुरारका पनि अहिले देखिएका छैनन् । मोरले त लोडसेडिङमा डेडिकेटेड लाइनबाट जडान गरेको बिजुलीको महसुल समेत ३० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी छ ।
ऊखु खेतीको प्रबद्र्धनका लागि किसानलाई प्रोत्साहन गर्न राज्यले दिएको भ्याटफिर्ताको ६ अर्ब रुपैयाँ पचाउने शशीकान्त अग्रवाल, एनसेलको ६२ अर्ब पूँजीगत लाभकर छलीमा संलग्न उपेन्द्र महतोहरु पनि यो बेला कता छन् ? भ्रष्ट शासकहरुसँग मिलेर नीतिगत भ्रष्टाचार गरी अरबौं अरब रुपैयाँ लाभ लिएका उपेन्द्र महतोले कोरोनासँग लड्नका लागि एक रुपैयाँ पनि योगदान गरेका छैनन् ।

राज्यका नीति नियम नै आफू अनुकूल संशोधन गराएर रातारात बीसौं अरबका मालिक भएका नवधनाढ्य अजयराज सुमार्गी पनि राष्ट्र संकटमा पर्दा कता हराए ? राज्यबाट दोहन गरी अरबौं सम्पत्ति कमाउने महतो, सुमार्गी र दीपक मल्होत्रा पनि कोरोना बिरुद्ध देशले खडा गरेको कोषमा सहयोग गर्ने कुरामा अगाडि आउन सकेका छैनन् । तस्करीबाट अरबौंपति भएका मल्होत्राले २ रुपैयाँमा तयार हुने मास्कलाई ५ रुपैयाँमा बिक्री गर्नेगरी उत्पादन गर्न लागेको भनेर चर्चा बटुल्ने काममात्र गरेका छन् ।

शारदा ग्रुपका शिवरतन शारदा, शंकर ग्रुपका शंकर गोल्यान, साहिल अग्रवाल, अम्बे ग्रुपका विष्णु न्यौपाने, शोभाकान्त न्यौपाने, चिया ब्यापारी छत्र गिरी, गोविन्द सरिया र मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ, देउराली जनता फर्मास्युटिकल्सका संचालक हरिभक्त शर्मा, क्वेस्ट फर्मास्युटिकल्सका निर्देशक उमेशलाल श्रेष्ठहरुले पनि कोरोना कोषमा एक रुपैयाँ योगदान गरेका छैनन् । त्यसैगरी नेपालमा खुलेका बहुर्राष्ट्रिय कम्पनी डाबर, युनिलिभर पनि राष्ट्र संकटमा पर्दा गुमनाम छन् । वीमा कम्पनीहरु, बैंकहरु पनि अहिले सहयोग गर्न अगाडि आएका छैनन् ।

शैक्षिक क्षेत्रमा ब्रम्हलुट मच्चाएर रातारात अरबपति भएका राजेश खड्का, उमेश श्रेष्ठ, अनिल केडिया, रमेश सिलवाल, युवराज शर्मा, लोकबहादुर भण्डारी, उमेश थापाहरुले पनि सरकारलाई सहयोग गरेका छैनन् ।
निर्माण जगतमा सेटिङ गरी अरबौं कमाएर अमेरिकामा घर बनाउने कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, रसुवा कन्ष्ट्रक्सनका मोहन आचार्य, स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने, लामा कन्ष्ट्रक्सनका जीपछिरिङ लामा, तुँदी कन्ष्ट्रक्सनका ऋषि सुवेदी, चन्द्रसूर्य कन्ष्ट्रक्सनका जनार्दन ढकाल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले एक रुपैयाँ पनि सहयोग गरेका छैनन् ।

बैंकहरु इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनआइसी एशियाले फाट्टफुट्ट सहयोग गरे पनि कोषमा रकम दिएका छैनन् । २२ करोड रुपैयाँ खर्च गरेर छोरीको बिहे गर्ने र ७ दिनसम्म पाँचतारे होटलमा पार्टी गर्ने चन्द्र ढकालले मुस्किलले कोरोना कोषमा १ करोड सहयोग गरेका छन् । राज्यका शासकहरुसँग हिमचिम गरी नीतिगत भ्रष्टाचार गर्नेमा ढकाल अग्रपंक्तिमा पर्दछन् । उनले चन्द्रागिरीको जंगल कौडीमा लिजमा लिएको उदाहरण नै काफी छ ।

राष्ट्रमा संकट पर्दा सहयोग नगर्नेहरुको सूची अझै लामो छ । यी केही प्रतिनिधिध उदाहरण मात्र हुन् । सभार – नव जनप्रहार

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh