- लमजुङ,पुस ६ गते सोमबार ।।
- जनप्रभाव – सम्बादाता
सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।
बुधबार ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवति छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको छ ।
