Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मापदण्ड पालना नभएको १६ उद्योगमा सिल, पाँच विरुद्ध मुद्दा दायर

  • काठमाडौं : मङ्सिर २७ गते सनिवार ।।
  • जनप्रभाव – सम्बादाता

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिसँगै इलाका प्रशासन बुटवल र उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले गत भदौ २ गते रूपन्देहीस्थित पिउने पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने कर्माचार्य मिनरल एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि.मा अनुगमन ग¥यो । अनुगमनका क्रममा मापदण्डबमोजिम टायल नलगाएको, पानी भण्डारण गर्ने टैंकी स्टिलनेस स्टिलको नभएको, फिल्टर फाइबरको प्रयोग भएकोलगायत झण्डै आधा दर्जन कैफियत भेट्यो । मापदण्ड पालना नभएको पाइएपछि यो उद्योग सिलबन्दी गरिएको छ ।

बाँकेको मुक्तिनाथ ड्रिङकिङ वाटर इण्डष्ट्रिजले उत्पादन गर्ने पिउने पानीबारे गुनासो बढेपछि गत असोज ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, बाँके, गुण तथा नापतौल कार्यालय, उपभोक्ता अधिकारकर्मीको टोलीले उद्योगको अनुगमन ग¥यो । सो क्रममा उद्योगमा पूर्वाधार नभएको तथा लेबल नै टाँस नगरी बजारमा पानी पठाउने गरेको भेटियो । कैफियत भेटिएपछि यो उद्योगमा पनि सिलबन्दी गरेर बिक्री गर्न रोक लगाइएको छ ।

पिउने पानीजस्तो संवेदनशील विषयलाई कमाउको माध्यम बनाएर पानी उद्योगहरूले आमसर्वसाधारणको जीवनमा कुन हदसम्म खेलबाड गरिरहेका छन् भन्ने प्रतिनिधि घटना हुन्, माथिका दुई उदाहरण । पछिल्लो समय सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै पानी प्रशोधन तथा बिक्री वितरण गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । मापदण्ड पालनामा उदासीनता देखाएको भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले गत साउनयता मात्रै १६ वटा पानी उद्योगमा सिलबन्दी गरेर बिक्री वितरणमा रोक लगाएको छ । मापदण्ड पालना नगर्ने १६ वटै पानी उद्योग काठमाडौं उपत्यका बाहिरका छन् ।

यी हुन् मापदण्ड पालना नगर्ने पानी उद्योग

धनुषामा रहेको दिव्य फुड एण्ड वेभरेजमा गत साउन ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमन गरेकोमा अनुज्ञापत्र नै नलिई पानी उत्पादन गरेको भेटिएको छ । कैफियत भेटिएपछि यो उद्योगमा सिलबन्दी गरिएको छ ।

त्यसैगरी परासीको शितल जल पानी उद्योग, त्रिवेणी अक्वा इण्डस्ट्रिज र साई वाटर इण्डस्ट्रिजले प्रशोधन गरेर बिक्री वितरण गर्ने पानी पनि मापदण्डविपरीत रहेको अनुगमनका क्रममा भेटिएको छ । रूपन्देहीको कर्माचार्य मिनरल एण्ड वेभरेज इण्डस्ट्रिज, बाँकेको कञ्चन मिनरल वाटर उद्योग, बाँकेकै मुक्तिनाथ ड्रिङ्किङ वाटर इण्डस्ट्रिज, कैलाली वाटर इण्डस्ट्रिज, न्यु एभरेस्ट अनुज उद्योग, टीकापुर र एक्वा कर्णाली अमृत एण्ड वेभरेज इण्डस्ट्रिज, कैलालीले पानी प्रशोधन गर्दा स्वच्छताको मापदण्ड पालना नगरेको विभागको भनाइ छ ।

एनकेडीजे वेभरेज एण्ड प्याकिङ उद्योग लम्की, डेली ड्रिङकिङ वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग, कौशल कञ्चन मिनरल्स, कञ्चनपुरब्लुवर्ड वाटर ट्रिटमेन्ट एण्ड सप्लायर्स, कञ्चनपुर र शिव शंकर वाटर एण्ड मल्टी प्रोडक्सन, कञ्चनपुरले पनि मापदण्ड पालनामा अटेरी गरेको विभागले जनाएको छ ।

थप पाँच उद्योगले प्रशोधन गरेर बिक्री गर्ने पानीमा त दूषित पदार्थ नै भेटिएको छ । शितल जल पानी उद्योग, नवलपरासी, कञ्चन मिनरल वाटर उद्योग, बाँके, यति वेभरेज प्रालि बनेपा, गौरीशंकर जीएस मिनरल वाटर बनेपा र प्रकृति जल उद्योग सुनसरीले प्रशोधन गरेर बिक्री वितरण गरेको पानीमा दूषित पदार्थ भेटिएको हो ।

यस्ता छन् कैफियत

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यस मातहतका कार्यालयले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीलगायतको संलग्नतामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ३४ वटा संस्था तथा उद्योगमा कैफियत भेटेपछि सिलबन्दी गर्दै बिक्री वितरण रोक्का गरेको थियो । जसमा १६ वटा त पानी उद्योग मात्र छन् । यसले अधिकांश पानी प्रशोधन उद्योगमा चरम लापरबाही रहेको देखाउँछ ।

विभागका अनुसार, कतिपय पानी उद्योग अनुज्ञापन नै नलिई सञ्चालनमा रहेको पाइएको छ । त्यस्तै, उपत्यकाबाहिरका अधिकांश पानी उद्योगले मापदण्डबमोजिम टायल वा पानी भण्डारण गर्ने टैंकी स्टिलनेस स्टिलको हुनुपर्नेमा सो अनुसार राखेका छैनन् । अटोमेटिक फिलिङ प्लान्ट हुनुपर्ने भए पनि त्यसो नगरी म्यानुएल फिलिङ प्रयोग गरिएको छ । पूर्वाधारबिनै पानी उत्पादन गरेको, लेबल टाँस नगरी बिक्री वितरण गरेको तथा स्वच्छताको मापदण्ड पालना गर्नुपर्ने भए पनि पानी उद्योगहरूले त्यसमा अटेरी गरेको विभागको भनाइ छ ।

पाँच पानी उद्योगविरुद्ध मुद्दा दायर

दूषित र कम गुणस्तरको पानी प्रशोधन गर्ने पाँच पानी प्रशोधन उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको छ । विभागले गत साउन १ देखि कात्तिक मसान्तसम्म यी उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

दूषित पानी उत्पादन गर्ने शितल जल पानी उद्योग, नवलपरासीविरुद्ध कात्तिक २६ गते खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय भैरहवाले नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कञ्चन मिनरल वाटर उद्योग, कोहलपुरविरुद्ध पनि मुद्दा दायर भएको छ । दूषित पानी उत्पादन गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बाँके जिल्ला अदालतमा गत असोज ६ गते यसविरुद्ध मुद्दा दायर गरेको हो ।

उता, गौरीशंकर जीएस मिनरल वाटर बनेपाको प्रशोधित पिउने पानी न्यून गुणस्तरको भटिएपछि ०७७ साउन १५ मै जिल्ला प्रशासन कार्यालय काभ्रेमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । सुनसरीमा रहेको प्रकृति जल उद्योगले दूषित पानी बिक्री वितरण गरेको पुष्टि भएपछि यसविरुद्ध पनि मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुनसरीले गत कात्तिक २८ गते सुनसरी जिल्ला अदालतमा यसविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

पाँच उद्योगविरुद्ध मुद्दा दायर गरेको विभागले मापदण्ड पालना नगरेका १६ पानी उद्योगमा भने सिलबन्दी तथा बिक्री वितरणमा रोक लगाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh