Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको जागिरमा निराशा किन ? दैनिक पाँच जनाले दिन्छन् राजीनामा

  • काठमाडौं : मङ्सिर २६ गते शुक्रबार ।।
  • जनप्रभाव – सम्बादाता

जागिर खानेका लागि पहिलो रोजाइ सरकारी जागिर नै हुन्छ। प्रहरीमा जागिर खानका लागि पनि धेरै नेपाली युवा लालायित देखिन्छ। नयाँ भर्ना खोल्दा आवेदन दिन लाम लाग्ने युवाहरुको ठूलो संख्याले यही देखाउँछ।

सेवामा प्रवेश गर्नुअघि युवाहरूमा जुन तरिकाको आकर्षण देखिन्छ, जागिर खाइसकेपछि त्यो किसिमको सन्तुष्टि देखिँदैन। सेवामा प्रवेश गरेको केही वर्षमै जगिर छाड्नेको संख्या हेर्दा यो यथार्थतालाई चरितार्थ गर्छ।

जागिरको बीचमै राजीनामा दिने प्रहरी कर्मचारीले संख्या प्रहरी संगठनप्रति निराशा जगाउन खालको छ। यो तथ्यांकले नेपाल प्रहरी सेवामा जागिरप्रतिको निराशा बढ्दै देखिन्छ। प्रहरी मुख्यालयले दिएको जानकारी अनुसार पछिल्लो चार वर्षको अवधिमा नेपाल प्रहरीतर्फ डीआईजीदेखि तल्लो तह प्रहरी कार्यालय सहयोगीसम्मका ७ हजार ८२७ जनाले राजीनामा दिएका छन्।

आर्थिक वर्ष ०७४ ÷७५ मा २ हजार ५६४ जनाले राजीनामा दिएका थिए। आर्थिक वर्ष ०७५÷७६ मा ३ हजार ७३ जनाले बीचमै जागिर छाडे।

यसैगरी आर्थिक वर्ष ०७६÷७७ मा पनि २ हजार ७७ जना प्रहरीले सेवाबाट राजीनामा दिए भने चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ११३ जनाले राजीनामा दिएका छन्।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन्।

आर्थिक वर्ष २०७५÷७६ पनि मा ३ एसपी, ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका थिए।

२०७६÷०७७ मा १ एसपी, ३ डिएसपी, ११ इन्स्पेक्टर, १२९ सई, ३२३ असई, १३२७ प्रहरी हवल्दार, २३४ प्रहरी जवान र ४८ जना कार्यालय सहयोगी छन्।

त्यसैगरी चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा २ इन्स्पेक्टर, २ सई, १६ असई, ७१ हवल्दार, १४ प्रहरी जवान र ८ जना कार्यालय सहयोगीले राजीनामा दिइसकेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन्। पछिल्लो चार वर्षको अवधिमा ५२८७ जनाले राजीनामा दिएका छन्।

पछिल्लो ४ वर्षको आँकडा हेर्दा सेवा अवधिको बीचैमा दैनिक ५ जना प्रहरीले राजीनामा दिने गरेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतले बताइ अनुसार यसरी बीचैमा जागिर छाड्नुको मुख्य कारण पर्याप्त सेवा सुविधा नहुनु, लामो समयसम्म बढुवा रोकिनु नै हो। संगठनमा कार्यक्षमता भन्दा पनि शक्ति केन्द्रको चाकडीका आधारमा अवसर पाउने प्रवृत्तिले धेरैमा निराशा रहेको एक प्रहरी अधिकार बताउछन्।

कतिपयले भने प्रहरीमा भन्दा राम्रो अवसर पाएर साथै विदेश जानका लागि पनि बीचैमा जागिर छाडिरहेको प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवरको भनाइ छ।

प्रहरीभित्र राजीनामा गर्नेको संख्या बढ्दा देशलाई निकै क्षति हुने गरेको प्रवक्ता कुँवर बताउछन्। ‘एउटा प्रहरी उत्पादन गर्न राज्यले लाखौं रुपैयाँ खर्च गरेको हुन्छ। प्रवक्ता कुँवर भन्छन्, ‘यसरी बीचमै छोडेर जाँदा ती सबै खर्च खेर जान्छ। जुन देशको हितमा छैन।’

यसरी नेपाल प्रहरीभित्र राजीनामा दिनेको संख्या बढ्न थालेपछि प्रहरीको अन्वेषण, योजना तथा विकास निर्देशनालयले गत भदौदेखि कार्तिक मसान्तसम्म सिपाही र हवल्दारको समस्या बुझ्न देशव्यापी सर्वेक्षण गरेको थियो। त्यस क्रममा दश वटा बुँदामा विभिन्न खाले समस्या आएको थियो। जसमा प्रहरीको तलबबाट परिवार पाल्नै गाह्रो भएको र सेवा–सुविधा ज्यादै कम भएको गुनासो सर्वाधिक आएको थियो।

सेवा–सुविधा कम हुँदा एकातर्फ प्रहरीमा जागिरप्रतिको आकर्षण घट्दो छ भने पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएर अन्यत्र काम गर्ने प्रवृत्ति बढ्दो छ। सरकारबाट प्रहरीको सुविधा बढाउन सहयोग नभएपछि कल्याणकारी कोषबाट भए पनि केही सुविधा थपेर कर्मचारीको मनोबल बढाउने प्रयास गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ।

यस क्रममा केही सुविधाहरु थपिएको सचिवालयले जनाएको छ। जस्तो प्रहरीले कल्याणकारी कोषमार्फत सहुलियत घर कर्जा दिने व्यवस्था गरिएको छ। जसले गर्दा घर बनाउन चाहने प्रहरीले कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जा लिएर घर बनाउन सक्छन्।

नेपाल प्रहरी प्रवक्ता एसएसपी कुँवरका अनुसार खासगरी तल्लो दर्जाका कर्मचारीको जीवनयापन सहज बनाउन परिचरदेखि प्रहरी हवल्दारसम्मका कर्मचारीलाई घर कर्जा सुविधा उपलब्ध छ। बिनाधितो प्रवाह हुने यस्तो कर्जा वार्षिक ६ प्रतिशत ब्याजदरमा एकजनाले अधिकतम ६ लाख रुपैयाँसम्म पाउने छन्।

यसको अलावा कल्याण महाशाखाले किस्ताबन्दी सहुलियत ऋणको ब्याज पनि घटाउने निर्णय गरेको छ। महाशाखाले हल्का सवारीसाधन (कार, जिप), मोटरसाइकल, फ्रिज, सोलार, ल्यापटप, इन्भर्टर, कम्प्युटर, वासिङ मेसिन, ट्रेडमिल, माइक्रो ओभन खरिदका लागि ऋण दिँदै आएको छ।

गाडी र मोटरसाइकल खरिदमा यसअघि सात प्रतिशत ब्याज लिने गरिएको थियो। त्यसलाई घटाएर ६ प्रतिशत बनाइएको छ।

सेवा–सुविधा राम्रो नभएकै कारण अहिले पहिलेजस्तो प्रहरीको जागिरमा आकर्षण नभएको पूर्व प्रहरी डिआइजी हेमन्त मल्ल बताउछन्। ‘प्रहरीका सेवा–सुविधाको अवस्था एकदमै कमजोर छ, त्यही भएर नेपालमा प्रहरीको जागिर पहिलेजस्तो पहिलो रोजाइमा पर्न सकेको छैन।,’मल्ल भन्छन्।

सेवा-सुविधा बढाएमा भने प्रहरीको काम कारबाहीमै त्यसको सकारात्मक प्रभाव देखिँदै जाने मल्लको भनाइ छ। प्रहरी नेतृत्व र राजनीतिक यस कुरामा ध्यान दिन मल्लको आग्रह छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh