- काठमाडौं, मंसिर १७ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । नियन्त्रणमा परेको करिब तिन घण्टापछि नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो ।

तनहुँ प्रहरीले बुधबार ब्यास नगरपालिका-१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा नेता पौडेलसहित तनहुँ नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष जितप्रकाश आलेलगायतलाई नियन्त्रणमा लिएको थियो ।
नेता पौडेललगायत नियन्त्रणमा परेका सबैलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको बताइएको छ । रिहा भएपछि नेता पौडेलले कार्यकर्तालाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
यसै घटनालाई लिएर सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ती जारी गर्दै नेता पौडेलमाथि गरिएको दूर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको बताउनुभएको थियो । त्यस्तै, नेता पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो ।





















