Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषधको दलदलमा मधेस

  • सन्तोष बराइली
  • लहान : मङ्सिर १७ गते बुधबार ।।

मंसिर पहिलो साता प्रहरीले राति ८ः३० बजे लहान नगरपालिका–४ मा आकस्मिक चेकजाँच गर्‍याे। जाँचका क्रममा पैदल यात्रा गरिरहेका एक युवकको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले खानतलासी गर्‍याे।

खानतलासका क्रममा ती युवाको साथबाट १ सय १० मिलिग्राम ब्राउन सुगर फेला पर्‍याे। अनुसन्धानका क्रममा ती युवाले ब्राउन सुगर लहान–४ बस्ने २४ वर्षीय रञ्जित यादवबाट खरीद गरेको भेद खुल्यो।

लगत्तै प्रहरीले रञ्जित यादवको घरमा खानतलासी गर्‍यो। इलाका प्रहरी कार्यालय लहानका ईञ्चार्ज डिएसपी शरद थापा क्षेत्रीका अनुसार रञ्जित यादवको घरबाट प्रहरीले ब्राउन सुगर ३ सय ५० ग्राम, नोर्फिन एक एम्पुल, डाइजोपाम एक एम्पुल, फेनारगन एक एम्पुल र उत्तिकै मात्रामा नाइट्रोभेट ट्याब्लेट बरामद गर्‍यो।

  • सेतो ब्राउन सुगरको कालो कथा

सिरहा जिल्लामा ब्राउन सुगर जस्तो गम्भीर किसिमको लागूऔषध पक्राउ परेको यो नै पहिलो घटना थिएन। यसअघि लहान , गोल बजार र मिर्चैयाबाट ब्राउन सुगरको कारोबारी र ब्राउन सुगर भण्डारण गरेको अवस्थामा पक्राउ परेका घट्ना धेरै छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारका अनुसार प्रहरीले चालु आर्थिक वर्षमा ३७ जना ब्राउन सुगर कारोवारीलाई समाएर मुद्धा चलाएको छ। ब्राउन सुगर मात्र होइन, सीमावर्ती भारतीय बजारबाट लुकिछिपी ल्याइने विभिन्न किसिमका लागूऔषध र नेपालबाट भारततर्फ पैठारी हुने गाँजा र भारतबाट नेपाल भित्र्याइने औषधिजन्य लागुपदार्थ ओसार–पोसारमा संलग्नलाई प्रहरीले दिनहुँ जसो पक्राउ गरिरहेको छ।

चालु आर्थिक वर्षमा सिरहा प्रहरीले चार हजार ३३ विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ भने लागु औषधमा संलग्न एक सय जनालाई लागूऔषध कारोवारीको मुद्दा चलाइसकेको छ।

नेपाल–भारत सीमा जोड्ने जयनगर, पिपराही, लदनियाँ, लोकहा लगायतका नाकामा पुगेर लागूऔषध सेवन र खरिदगरी ल्याउने जमात बढ्दो छ।

प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँच गर्दा अधिकांशको साथबाट केही न केही लागूऔषधका सामग्रीहरु फेलापर्ने गरेको दावी गरेको छ। लागूऔषध सेवन र कारोवारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। पक्राउ पर्ने लागुऔषध प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका उल्लेख्य छन्।

‘अभिभावकबाट राम्रो निगरानी नभएर लागूऔषधको कूलतमा फसेको देखिन्छ’, नेपाल–भारत सीमा क्षेत्रलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका आलोक यादवले भने–‘पढाई छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको बहकावमा परेर दुर्व्यसनीमा फसेको पाइन्छ।’

प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना बच्चा दुर्व्यसनमा फसेको पत्याउँदैनन्।

मंसिर दोश्रो साता सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले गोलबजारमा गाँजा खेती नष्ट गर्‍याे। योसँगै चालु आर्थिक वर्षमा सिरहा प्रहरीले विभिन्न स्थानबाट गरी एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको छ।

खुला सिमानाको फाइदा उठाउँदै कारोवारीले लागूऔषधका सामग्री भारतबाट चोरीछुपी नेपाल भित्र्याउने गरेका छन् भने नेपालबाट गाँजा भारत लैजाने गरेका छन्।

सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पंजियार भन्छन् –‘भारतबाट भित्रिने लागूऔषध र यहाँ खेती लगाइने गाँजा नेपाल–भारत दुबै देशका साझा समस्या भएकाले यसको निराकरणका लागि साझा अभियान चाल्न आवश्यक छ।’

एसपी पंजियारका अनुसार, चालु आर्थिक वर्षमा प्रहरीले करिब २९ बिगाहा पाँच कठ्ठा १७ धुर क्षेत्रफलमा लगाइएको एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको हो। सिरहाका बिभिन्न स्थानमा प्रहरीले गत आर्थिक वर्ष तीन बिगाहा १९ कठ्ठा जग्गाबाट ३३ हजार ७ सय ३० वटा गाँजाको वोट नष्ट गरेको थियो।

  • पारी कोरेक्स, वारी मदिरा

नेपाल–भारत सीमाका भारतीय बजारमा कोरेक्स र विभिन्न किसिमका औषधीजन्य लागुपदार्थका ट्याब्लेट खुल्मखुल्ला बिक्रिवितरण हुने भएकाले नेपालका धेरै युवा लागुऔषध सेवन गर्न भारतीय बजार जाने गर्छन। यस्तै, भारतको बिहारमा मदिरा कारोवार र सेवनमा कानुनी रुपमा रोक लगाएपछि भारतसँग सीमा जोडिएका नेपाली हाटबजारमा बग्रेल्ति खोलिएका मदिरा पसलमा धेरैजसो बिहारका नागरिक ग्राहक बनेर आउने गरेका छन्।

सीमासँग जोडिएका भारतीय बजारका मेडिकलमा मात्र होइन, किराना, कपडा, पान पसल, चिया पसलमा कोरेक्स लगायतका लागुऔषधको बिक्रि फस्टाइरहँदा नेपालका हाटबजारमा मदिराको ब्यापार बढेको छ।

यहि मेसोमा भारतबाट औषधीजन्य लागुऔषध गैरकानुनी रुपमा नेपाल भित्रिने गरेको छ भने नेपालबाट मदिरा भारत भित्रिने क्रम बढेको छ।

बिहार प्रहरीले मदिरा कारोवारीलाई पक्रिएर दिनहुँजसो मुद्धा चलाउने गरेका समाचार प्रकासित भइरहन्छन्। औषधीजन्य लागुपदार्थ भारतबाट नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रमा धेरै नेपाली युवालाई प्रहरीले पक्रने गरेको छ। सशस्त्र प्रहरी एसपी गिरी भन्छन्, ‘लागुपदार्थविरुद् सीमा क्षेत्रमा नेपाल–भारतले सयुक्त रुपमा अभियान चलाउन जरुरी छ।’

  • १९ सय मुद्धा

सिरहामा मात्र होइन, हालै गरिएको एक अध्ययनले प्रदेश २ का सप्तरी, धनुषा, महोत्री, सर्लाही, रौतहट,बारा र पर्सामा लागुऔषध सेवनकर्ता र कारोवार बढेको देखाएको छ।

प्रदेश दुईमा सक्रिय मधेस मिडिया मिसनले प्रदेश – २ का आठै जिल्लामा गरेको सर्वेक्षणले १६ देखी ३० बर्ष उमेर समूहका धेरै युवा लागुऔषधको दलदलमा फस्दै गएको पुष्टि गरेको हो।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष समेत रहेका मधेश मिडिया मिसनका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता भन्छन्, ‘प्रदेश–२ का ८ जिल्लामा १९ सय हाराहारीमा लागुऔषध कारोवारी र सेवनकर्तामाथि मुद्धा चलाइएको पाइयो, यो संख्याले प्रदेश–२ लागुऔषधको दलदलमा फस्दै गएको पुष्टि गर्छ।’

  • तीनै तहको सरकार मौन

दुर्व्यसनमा फस्नेको संख्या अत्यास लाग्दोगरि बढिरहँदा केन्द्र, प्रदेश र स्थानीय सरकारले यसकाविरुद् कुनै ठोस कार्यक्रम सञ्चालन गर्न चासो देखाएको पाइदैन।

युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दावी गर्ने केन्द्र सरकारको युवा तथा खेलकुद मन्त्रालयले दुब्र्यसनीविरुद् दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ।

त्यस्तै प्रदेश सरकार र स्थानीय तहले पनि दुब्र्यसनविरूद्ध सचेतना अभियान चलाउन जरुरी छ, यस प्रदेशमा। युवा लक्षित विभिन्न शीपमुलक तालिम चलाउने स्थानीय तहले द्ुब्र्यसनविरूद्ध कार्यक्रम नियमित रुपमा चलाउनु पर्छ।

खुल्ला संस्कृती उन्मुख नेपाली समाजमा हुर्किरहेका युवा पुस्ताको मनोदशा सम्बोधन हुनेगरि राज्यले युवालक्षित कार्यक्रम चलाउन ढिला गर्न नहुने सिरहाका प्रमुख जिल्ला अधिकारी कँडेलको भनाई छ।

( पत्रकार आलोक यादवको सहयोगमा)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh