Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीमै अन्याय जसलाई १८ महिनाअघि नै आईजीपी प्रतिष्पर्धामै रोकियो

  1. डीआईजी पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको छ ।

  1. एकै ब्याचका सबैलाई पछि पारेर एकजनालाई मात्रै १८ महिनाअघि नै अगाडि बढाउँदा त्यसको प्रभाव सकारात्मक नहुने पूर्वप्रहरी अधिकारी बताउँछन् ।

  • काठमाडौं : मङ्सिर १७ गते बुधबार ।।

  • जनप्रभाव – सम्बादाता

नेपाल प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै भावी प्रहरी महानिरीक्षक ( आईजीपी ) को दौडमा समकालीनको यात्रा करिब टुंगिएको छ । सोमबार साँझ बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै भावी आईजीपीमा अरु प्रतिस्पर्धीको बाटो बन्द भएको हो ।

नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेल सिफारिसमा परेका हुन् । प्रहरीको इतिहासमा १८ महिनाअघि नै आईजीपीको लगभग टुंगो लागेको सम्भवत : यो पहिलो घटना हो ।

अब नेपाल प्रहरीमा पोखरेलसहित जनपदतर्फ चार एआईजी हुनेछन् । अरु तीन एआईजीहरु हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

प्रहरी प्रमुख क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ । उनीसँगै तीनजना एआईजीले पनि सोही मितिदेखि अनिवार्य अवकाश पाउनेछन् । यस्तोमा पोखरेल आईजीपीको निर्विकल्प एकल प्रतिस्पर्धी हुन सक्नेछन् । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनमा राजनीतिक चलखेल नयाँ विषय भने होइन ।

प्रहरी नायब महानिरीक्षक पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको चर्चा छ । एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनमा समेत नकारात्मक असर गर्नसक्ने प्रहरी अधिकारीको चिन्ता छ ।

अन्तिम समयसम्म गृहमन्त्री रामबहादुर थापा थपिएको एआईजी दरबन्दीबारे रुष्ट रहेको गृहस्रोत बताउँछ । तर, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीको ‘पावर’ लगाउँदै एआईजीमा आफूले चाहेको पात्रलाई बढुवा गरेको कतिपयको ठहर छ । डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख ०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो । जबकि, पोखरेलभन्दा सिनियर ब्याचका अरु एसएसपी थिए । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत पोखरेललाई डीआईजी बनाउन नसकिने अडान लिएका थिए ।

प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरीयतामा पोखरेल अगाडि थिएनन् । तर, एसपीबाट एसएसपी हुँदा उनी अस्वाभाविकरुपमा १ नम्बरमा आए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । तर, प्रतिस्पर्धाका आधारमा नेतृत्व छानिने प्रहरीमा एकजनालाई मात्रै एआईजी बनाउँदा अरु प्रतिस्पर्धीको आईजीपीको सम्भावना समाप्त भएको छ । यसले उनीहरुको मनोबलमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । जसको असर सिंगो प्रहरी संगठनमा पर्नेछ ।

वर्तमान आईजीपी क्षेत्री स्वयं एआईजी थप्ने पक्षमा नरहेको बताइन्छ । पछिल्लो निर्णयले उनलाई समेत नैतिक संकटमा पारेको छ । पोखरेलको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआईजी छन् । उनीहरु सबैलाई भावी आईजीपीको प्रतिस्पर्धीको रुपमा हेरिएको थियो ।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सिंह प्रदेश नम्बर – २, लामा वाग्मती प्रदेश, धानुक लुम्बिनी र सुवेदी सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । प्रहरीकै एक उच्च अधिकारी भन्छन्, “उनीहरु सबै व्यावसायिक प्रहरी अधिकृत थिए । पोखरेल डीआईजीमै १ नम्बरमा थिए । यस्तोमा उनी एआईजी नभएपनि आईजीपीका बलिया दाबेदार थिए । तर, आईजीपी बनाउनकै लागि एआईजीको दरबन्दी सिर्जना हुँदा त्यसको असर अन्य डीआईजी र संगठनमै परेको छ ।”

एकै ब्याचका सबैलाई पछि पारेर एकजनालाई मात्रै १८ महिनाअघि नै अगाडि बढाउँदा त्यसको प्रभाव सकारात्मक नहुने पूर्वप्रहरी अधिकारी बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh