सिरहा चैत १४ गते। लकडाउनको तेश्रो दिन उपभोग्य वस्तु किन्न लहानमा दुरी कायम गरि किन्ने ब्यबस्था मिलाइएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रि र शसस्त्र प्रहरी बल लहानका प्रमुख डिएसपी अर्जुन प्रसाद साप्कोटाले लहानको दुर्गा मन्दीर बजारमा उपभोग्य वस्तु खरिदका लागि स्थानीयको भीड बढेपछि सामाजिक दुरी कायम गरि खरिद गर्ने ब्यबस्था मिलाइएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि गोलो घेरा बनाएर लाइनमा बसि अत्यावश्यक समान खरिद गर्ने ब्यबस्था मिलाएको ईलाका प्रहरीले कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिन भयो ।

















