सिरहा चैत १३ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई न्यूनिकरण गर्न सरकारले लकडाउन गरेको भन्दै चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको सर्व बितित छ।आफ्ना परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको छ ।
यो समयमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन समेत व्यवसायीहरुलाई जिल्ला समन्वय समिति सिरहाको उप-सभापति सरोज यादवले आग्रह गरेको छ ।
लकडाउन अवधिमा जनतामा केही समस्या परेमा सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ । सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा जिल्लाबासीमा आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न केन्द्र एवम् प्रदेश सरकारलाई आग्रह गरेको छु । सिरहा जिल्लाको सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहन निर्देशन पनि दिएको छ ।
कोरोना भाइरस यसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाऔँ, विश्वभर सन्त्रासको रुपमा फैलिएको ‘कोरोना भाइरस’ बारे सचेत बनौं, आत्मबल सशक्त बनाऔँ, स्वस्थ रहौं र होसियारी अपनाऔँ।- यो ‘सेमी लक डाउन’ झैं हो। कृपया सबै मिलेर यस्तो घडिमा सरकार को साथ दिइ समाज प्रती बफादार बनौ।
कोरोना सङ्क्रमण बारे स्थानीय सरकार पुर्ण रुपमा त्यार रहेकोे छ तर सङ्क्रमण गम्भीररुपमा नेपाल भित्रिए यसले सर्वसाधारणको स्वास्थ्यसंग रोजगारी अर्थतन्त्र पक्षमा नराम्रो संग दुरगामी असर पार्नेछ जुन नेपाललाई धान्न धेरै कठिन हुनेछ। हाम्रा अादरणीय दाजु भाई दिदि बैनि ,व्यापारी, पत्रकारहरु मा एस संकट को घडि मा सरकार द्वारा जारी सन्देश वा नियम को पाल्ना गरौ। स्वास्थ रहन राम्रोसँग साबुन पानीले हात धुने। सकभर घरमा बस्ने र बाहिर हुँदा माक्सको प्रयोग गर्ने। ज्वरो आउने,घाटी दुख्ने भएमा तुरुन्त अस्पताल जाने ।रूघा, खोकी, ज्वरो आएको व्यक्तिसँग नजिक नबस्ने।अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्किने जिल्लाबाशी मा अनुरोध गरेका छन।

















