Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करी रोक्न एक्सनमा उत्रिए प्रहरी नायव महानिरीक्षक कार्की ,सय भन्दा बढी प्रहरीलाई कारबाही

डीआईजी कार्कीले पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलँदै गएका कारण प्रहरीको मनोवल कमजोर नहोस् तथा संक्रमणको फाइदा उठाउँदै गलत गतिविधीले प्रयास नपाउन् भनेर आफै ‘फिल्ड’मा निस्कन थाले।

  • विराटनगर : कार्तिक २१ गते शुक्रबार ।।
  • जनप्रभाब न्यूज

१ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) ईश्वरबाबु कार्की नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न सक्रिय भएर लागेका छन् ।

कोरोना भाइरसको संक्रमण बढिरहेको र कोरोनाका कारण दुई देशबीचको नाका सिल भएको अवस्थामा पनि संस्थागत रुपमा हुने तस्करी नियन्त्रणमा आउन नसकेपछि त्यसलाई रोक्न प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) आफै फिल्डमा निस्किएका हुन् । अपराध नियन्त्रण एवं अनुसन्धान र कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका प्रहरीलाई भेटेर उनले हौसला पनि दिइरहेका छन् ।

कोरोनाले सीमा क्षेत्रमा उत्पन्न पछिल्लो परिस्थिति, प्रहरीमा पारेको प्रभाव, नियन्त्रणमा प्रहरीले खेलेको भूमिका, दुई देशीय सीमामा हुने गरेका गतिविधी, सीमाको अवस्था लगायतका बारेमा बुझ्न कार्की स्थलगत अनुगमन एवं निरीक्षणमा आफै निस्कन थालेका हुन् । आफै ‘फिल्ड’मा निस्किएर ‘एक्सन’मा उत्रिका उनले शंकास्पद गतिविधी हुने कतिपय ठाउँमा भने बिना जानकारी आकस्मिक अनुगमन र निरीक्षण गर्ने गरेका छन् । कार्यालयका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले सीमा क्षेत्रबाट हुने तस्करी शून्यमा झार्ने हिसाबमा डीआईजीले सक्रियता बढाएको जानकारी दिए ।

कोरोना कहरमा अवैध आवतजावत रोक्न र तस्करी नियन्त्रण गर्ने सवालमा डीआईजी कठोर बनेको उनको भनाइ छ । डीएसपी कार्कीले सीमा क्षेत्रको अनुगमन गर्दै अपराध एवं कोरोना संक्रमण नियन्त्रणमा प्रहरीले खेलेको भूमिकाका बारेमा डीआईजीले जानकारी लिइरहेको बताए । कोरोना महामारीबीचमा सक्रिय भई फिल्डमा खटिएका प्रहरीलाई हौसल दिएर उच्च मनोेवलका साथ काम गर्न उत्प्रेरित गर्ने काम डीआईजीले गरिरहेका हुन् । त्यस क्रममा सावधानी अपनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न उनले निर्देशन दिए ।

निरीक्षणका क्रममा तस्करी, सीमा अपराध, लागुऔषध एवं साना हतियारको ओसारपसार, मानव बेचबिखन, नाका सिल रहेको अवस्थामा दुई देशबीचमा हुने अवैध आवतजावत नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट स्वीकृत प्रहरी आचार संहिता कार्यादेश २०७७ का बारेमा जानकारी गराउँदै डीआईजी कार्कीले त्यसविपरित काम गरेमा कारबाही हुने चेतावनी प्रहरीलाई दिएका छन् ।

उनले मोरङका सीमावर्ती युनिटका प्रहरी प्रमुखलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा र झापाका सीमावर्ती युनिटका प्रमुखलाई इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराएर कर्तव्य पालनामा दक्षचित्त भएर लाग्न यसअघि नै निर्देशन दिइसकेका छन् । डीआईजी कार्की वैशाख ११ गते प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

त्यसयता तस्करसँग सेटिङ मिलाउने, आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको आचरण विपरीत काम गर्ने एक सय ४८ प्रहरीलाई कारबाही गरिसकेका छन् । विभागीय कारबाहीमा पर्नेमा दुई इन्सपेक्टर (प्रहरी निरीक्षक), १० सइ (नायव निरीक्षक), १५ असइ (सहायक निरीक्षक), ३६ हवल्दार र अन्य प्रहरी जवान रहेका छन् । गलत गर्ने प्रहरी कर्मचारीलाई निलम्बन गर्ने, नसिहद दिने तथा ग्रेड रोक्कासम्मको कारबाही भएको छ ।

यो अवधिमा अपराध नियन्त्रण, अनुसन्धान र कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने तथा सीमा क्षेत्रमा अहोरात्र खटिने दुई सय प्रहरी पुरस्कृत पनि भएका छन् । डीआईजी कार्कीले आचरण विपरित गतिविधी गर्ने प्रहरीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नीति लिएको स्रोतले बतायो ।

बढ्दो कोरोना संक्रमणकाबीच सीमा क्षेत्रमा खटिएर काम गर्ने प्रहरीलाई भेटेर कोरोनाको त्रासमा परेर मन नमार्न र जटिल परिस्थितिमा थप जिम्मेवार भएका काम गर्न डीआईजी कार्कीले उत्प्रेरित गर्दा तल्लो दर्जाका प्रहरीमा हौसला मिलेको स्रोतको भनाइ छ । ‘कोरोनासँग डराउनेभन्दा पनि सुरक्षा सावधानी अपनाएर जनताको सेवा गर्नुस् । कोरोनाका कारण प्रहरीमा कुनै पनि समस्या उत्पन्न हुन दिन्न,’ निर्देशन दिँदै कार्कीले भने, ‘इमान्दारिताका साथ काम गर्नेलाई सम्मान गरिन्छ । गलत गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ती दिन सकिन्न ।’

कोरोना नियन्त्रणमा खेलेको भूमिका निक्कै महत्वपूर्ण रहेकोभन्दै उनले सीमा क्षेत्रमा खटिने प्रहरीको उच्च प्रशंसा पनि गरेका छन् । ‘तपाईहरुले सीमा अपराध र कोरोना संक्रमण नियन्त्रणमा सीमा क्षेत्रमा खटिएर राम्रो काम गर्नु भएको छ । व्यक्तिगत सुरक्षालाई ख्याल गर्दै कामलाई निरन्तरता दिनुस्,’ डीआईजी कार्कीले निर्देशन दिँदै भने, ‘गलत र अवैध कुरालाई प्रसय नदिनुस् । कानुन मिच्ने र देश तथा जनताको अहित गर्न खोज्नेलाई कारबाहीको दायरामा ल्याउनुस् ।’

कोरोनाको समयमा संवेदनशील र जोखिम क्षेत्रमा बसेर नियन्त्रणका लागि सीमित स्रोत तथा साधनको उपयोग गर्दै प्रहरीले खेलेको भूमिकाको देशभर प्रशंसा भइरहेको उनको भनाइ छ । ‘अपराध नियन्त्रणमा प्रहरी केन्द्रीत हुनुपर्छ । त्यहाँमाथि कोरोना संक्रमणसँगै प्रहरीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको छ,’ डीआईजी कार्कीले भने, ‘प्रहरीकै कारण जनताले सुरक्षित महसुस गर्ने भएका कारण यो वा त्यो बहानामा जनताको विश्वास टुट्न दिन हुँदैन । आफू सुरक्षित भएर जनतालाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी प्रहरीको हो ।’

प्रदेश प्रहरी कार्यालयले यसअघि नै नेपाल–भारत खुला सीमा क्षेत्रमा खटिने प्रहरीलाई माक्स, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य र सरसफाईका सामग्री प्रदान गरिसकेको छ । डीआईजी कार्कीले पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलँदै गएका कारण प्रहरीको मनोवल कमजोर नहोस् तथा संक्रमणको फाइदा उठाउँदै गलत गतिविधीले प्रयास नपाउन् भनेर आफै ‘फिल्ड’मा निस्कन थालेको जानकारी दिए ।

उनले कोरोनाले जटिल बन्दै गएको पछिल्लो अवस्थामा पनि अग्रभागमा रहेर आफ्ना कमीकमजोरी सच्याउँदै प्रहरी अघि बढिरहेको जनाए । डीआईजी कार्कीले सीमा क्षेत्रका बासिन्दासँग त्यहाँको सुरक्षा अवस्था र प्रहरीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा पनि जानकारी लिन थालेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh