प्रहरी महानिरीक्षक थापा भन्छन्– प्रहरीको व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्छ


  • काठमाडौं : कार्तिक २० गते बिहीबार ।।
  • जनप्रभाब न्यूज


नेपाल प्रहरीका महानिरीक्षक (आईजीपि) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचार संहिता २०७७ सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार उद्घाटन गर्दै आईजी थापाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
आईजीपि थापाले आचार संहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पनि बताए ।

अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न