लहान चैत ११ गते । कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलवार निषेधाज्ञा जारी गरेको छ ।
सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यहरु गरी संभावित सं’क्रमणले प्रभाव पार्न सक्ने कुनै किसिमका गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम मंगलबार देखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
निषेधाज्ञा अवधिभर आपत्कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न, सवारी साधन नचलाउन प्रशानले आग्रह गरिएको छ ।
प्रशासनले निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर सं’क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाएको छ ।

















