सिरहा चैत ११ गते । नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ । कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।
सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा आजदेखि नाका भएर यात्रुबाहेक सवारीसाधान भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको हो । सँगै सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ ।
यस्तै २५ जना बढी भिडभाड नगर्न,फिल्म हललगायत सञ्चालनमा पनि रोक लगाइएको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले सङ्क्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।
कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ भन्ने नारा नै तय गरेको छ ।
यस्तै सरोकारवाला निकायले प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन्।
यस्तै सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि प्रहरीले एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।

















