Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओली संग छिनोफानो गर्न बैठक बोलाउने तयारीमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड

  • काठमाडौं : कार्तिक १४ गते शुक्रबार ।।
  • जनप्रभाब न्यूज

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को सचिवालय वैठक बोलाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद बन्द भएसंगै सचिवालय वैठक बोलाउने तयारी भएको हो ।

कार्यकारी अध्यक्षसंग दुरी घटाउन प्रधानमन्त्री ओलीले निकट नेताहरुलाई परिचालन गरेपनि उनले आफुले अव एक्ला एक्लै छलफल नगर्ने र पार्टी कमिटीको वैठकमा मात्र प्रधानमन्त्रीसंग कुरा गर्ने स्पष्ट पारेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय देखिएको समस्याबारे छलफल गर्न सचिवालयको वैठक बोलाउने विषयमा नेताहरुसंग छलफल गरेका छन् ।

‘अर्को हप्ता सचिवालय बैठक बोलाउने गरी तयारी भएको छ । अव त्यसको मिति एक दुई दिनमै तय हुन्छ ।’ कार्यकारी अध्यक्ष प्रचण्ड निकट एक नेताले भने ।

सचिवालयका सदस्य समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको वैठक बोलाउने पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई लिखित पत्र समेत दिएका छन् । सचिवालय सदस्यहरु झलनाथ खनाल,माधव नेपाल, वामदेव गौतम र श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डलाई सचिवालय वैठक चांडो बोलाउन माग गरेपछि वैठक वस्ने तयारी भएको हो ।
नेकपा विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदन र भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री अनिच्छुक देखिएको र कर्णाली प्रदेश सरकारको हकमा समेत भएको निर्णयविपरित उनका सल्लाहकारबाट गलत वक्तव्यवाजी भएको भन्दै प्रचण्ड प्रधानमन्त्री ओलीसंग असन्तुष्ट छन् ।

भदौ २६ को स्थायी समिति वैठकले दुवै अध्यक्षको सल्लाहमा पार्टी र सरकार चलाउने, विधि, विधान र पद्धतिको समेत ख्याल गर्दै अघि बढ्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले सहमति विपरित राजदूत र मन्त्री नियुक्ती एकलौटी रुपमा गरेको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टी छ ।

त्यसपछि भारतिय गूप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमण, विरगंज प्रकरण र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई प्रमुख सचेतकमाथी कार्वाही फिर्ता लिन एकल हस्ताक्षरमा पत्र पठाएसंगै दुवै अध्यक्षको सम्बन्धमा चिसोपना आएको छ ।

दुवै अध्यक्षबीच संवाद बन्द भएसंगै सहमतीको लागी प्रधानमन्त्री ओली पक्षिय नेताहरु अहिले चर्को दौडधुपमा छन् । नेकपा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य,सुवास नेम्वाङ र अर्का नेता शंकर पोखरेल दुवै अध्यक्षलाई सहमतिमा आउंन आग्रह गरिरहेका छन् । उनिहरुले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै सहमतीका लागी आग्रह गरेको स्रोतको दावी छ ।

तर जवाफमा प्रचण्डले पार्टीले यसअघि गरेका निर्णय कार्यान्वयन हुनुपर्ने र एक्ला एक्लै भन्दा पनि पार्टी कमिटिमा छलफल हुनुपर्ने अडान राखेका छन् । उनले प्रधानमन्त्री ओलीले विगतका सहमतीहरु पटक पटक उल्लंघन गरेको भन्दै अव सहमती कार्यान्वन विना छलफल गर्नुको औचित्य नभएको स्पष्ट पारेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसंग दुरी बढेसंगै वरिष्ठ नेता माधव कुमार नेपाललाई समेत भेटेर मिलेर जाने प्रस्ताव गरेका छन् । नेपालले समेत पार्टीलाई विधीमा संचालन गर्ने कुरामा आफु सहमत भएको तर यही अवस्थामा पार्टी र सरकार संचालन गर्ने विषयमा भने आफु मिल्न नसक्ने जवाफ दिएसंगै उनि निकट नेताहरु फेरी कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउने कोशिसमा लागेका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई साथ दिंदै आएका नेता वामदेव गौतम समेत उनिसंग असन्तुष्ट छन् ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh