
- सिरहा : कार्तिक १४ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
प्रदेश नं. २ का अर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अनुगमन तथा विकास निर्माण सम्बन्धी छलफल गरेका छन् । मन्त्री यादव सहितको टोलिले नवराजपुर गाउँपालिकाको वडा न. १ , २ , ३ , ४ र ५ मा अनुगमन तथा छलफल गरेको हो ।

मन्त्री यादव , जसपाका नवराजपुर गाउँपालिकाका अध्यक्ष एवं अध्यक्ष नवराजपुर गाउँपालिकाका उम्मेदवार शिवउदगार यादव ( सिबा ) र मधुप कामैत लगायतका नेता कार्यकर्ताहरुको टोलीले झाझपट्टि , कुसंडि , फुलबतिया , मझौरा , पटना लगायत गाउँको अनुगमन गरी उक्त क्षेत्रमा रहेका समस्याहरुको सम्बन्धमा स्थानीयहरुसँग जानकारी लिई सोको समाधान सम्बन्धमा छलफल गरेका जसपा नवराजपुर गाउँपालिका अध्यक्ष सिबा यादवले जनप्रभाब न्यूजलाई जानकारी गराएका थिए ।

सो अवसरमा मझौरामा दलित धर्मशाला निर्माण गर्ने, सडक लगायतका बिकास निर्माणका कार्यहरुलाई तिब्र गतिमा अगाडी बढाउने विषयमा समेत छलफल भएको यादवको भनाई रहेको थियो ।

त्यसैगरी सिमाबत्ती श्रेत्र झाझपट्टि टोलमा सडकको समेत निरिक्षण गर्नुका साथै आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेरै जनताका समस्याहरुको समाधान गर्ने मन्त्री यादवले बताएका थिए । उनले टोलको बिकास र सुधारका लागी केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको बताएका थिए ।

सिमाबत्ती श्रेत्र कुसंडी , मेनहा गाउँमा आएका मन्त्री तथा नेता कार्यकर्ताहरुको टोलीले त्यहाँ रहेका समस्याहरुको समाधान गर्ने भनेको सुनेर स्थानीयहरु खुसी भएका थिए ।

सो अनुगमन तथा छलफल कार्यक्रममा समाजवादी पार्टीका नेता कार्यकर्ताहरु, समाजका अगुवाहरु लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


















