सिरहा चैत ९ गते । सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर – ३ स्थित ई.प्र.का.बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले स.३प.९१७५ नुवाकोटको मोटरसाइकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा लहान वडा न.२४ बस्ने बर्ष २६ को राम उदगार महतो र ऐ. बस्ने वर्ष २१ को प्रमोद यादव सहितको साथबाट लागु औषध नाईट्रोजन १२० पिस पक्राउ परेको हो । आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।

















