- कटारि : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
ईलाका प्रहरी कार्यालय कटारी उदयपुरले नगद २ लाख ६९ हजार र ३ आना सुनसहित हराएको झोला एक घण्टा नवित्दै पत्ता लगाएको छ । शुक्रबार दिउँसो कटारी ७ का ३१ वर्षीया सविना दनुवारले सहकारीबाट ऋण लिएकी नगद र सुन करिब ४ः४५ बजे हराएपछि सविनाले गस्तीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् ।
खबर पाएसँगै तत्कालै प्रहरीले खोजतलास गरी आधा घण्टामै फेला पारेपछि ईलाका प्रहरी कार्यालयमै बोलाएर सविनालाई जिम्मा लगाइएको कार्यालयका प्रहरी निरीक्षक जीवन बोगटीले बताए ।
खबर पाउन साथ कार्यालयबाट खटिएको टोलीले ३० मिनेटभित्रै हराएको नगद र सुनसहितको झोला फेला पारेर सम्बन्धित व्यक्तिलाई ३० मिनेटपछि जिम्मा लगाइएको प्रहरी निरीक्षक बोगटीले बताए ।नगद र सुनसहितको आफ्नो झोला हराएपछि निराश बनेकी सविनाले प्रहरीले झोला फेला पारेपछि हर्षित हुँदै प्रहरीको सेवालाई धन्यवाद दिइन् । उनले आफ्नो नाबालक छोराको उपचारका लागि ऋण लिएकी बताएकी छन् ।
