- सुनसरी ,असोज १९ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले मातहतका प्रहरीलाई लागुऔषध विरुद्धको विशेष अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापा अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन जिल्ला प्रहरी कार्यालय सुनसरी सफल देखिएको छ ।
यसैक्रममा सुनसरी सदरमुकाम इनरुवा र कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणको लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार बिहान करिब ९ बजे इनरुवा ३ महेन्द्र चोक बिधुत प्राधिकरण नजिक पूर्व पश्चिम राजमार्ग छेउको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले डाईलेक्स डीसी १०० एमएल लेखिएको १४० बोतल, स्पास्मो प्रोक्सिभेन प्लस लेखिएको ३ हजार ९ सय ६० वटा क्याप्सुल र निट्राभेट १० लेखिएको १ हजार ३ सय ५० वटा ट्याब्लेट बरामद गरेको हो ।
ति लागुऔषधसहित प्रहरीले सुनसरी दुहबी वडा नं १० घर भई हाल इनरुवा २ मा डेरा गरी बस्ने बर्ष २६ को दिपककुमार यादब र हरीनगर ६ बस्ने बर्ष ३४ को सहिद मियाँलाई पक्राउ गरेको छ ।
त्यसैगरी सोही दिन रात करिब साढे दश बजे कोशी गाउँपालिका ३ नहरचौकबाट लागुऔषधसहित वडा नम्बर ४ का कमरुद्दीन मियाँलाई नियन्त्रणमा लिएको छ ।
उनको साथबाट प्रहरीले डाईलक्स डि.सी.४५ बोतल र स्पास्मो प्रोक्सीभन ३२८ ट्याब्लेट बरामद गरेको छ ।उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


















