- काठमाडौं ,असोज १८ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका ६३ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस ( कोभिड – 19 ) संक्रमण पुष्टि भएको छ । शनिबार सम्ममा ६३ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको सम्बद्ध अधिकारीहरूले जानकारी गराएका हुन् ।उक्त संक्रमित जनशक्ति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको भएको बताइएको छ । जसमध्ये सबै भन्दा बढी नेपाली सेनाका २८ जना रहेका छन् ।सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानमन्त्री निवासमा खटिएतापनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पुष्टि भएको हो ।कोरोना पुष्टि भएका सुरक्षाकर्मीका स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।दुई दिनको अवधिमा उक्त सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण देखिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ । उनीहरूको सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ ।
