- कपिलवस्तु ,असोज १६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिका वडा नम्बर –७, बनकसिहाबाट आधा किलो सुन बरामद गरेको छ । दोहनी–बनकसिहा–चाकलचौडा सडक खण्ड हुँदै भारततिर लैजाने क्रममा सीमा नजिकैबाट पाँच सय ग्राम सुनसहित दुई जनालाई बिहीबार राति साढे ९ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ३४ वर्षीय पवन गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको पल्सर १५० सिसिको मोटरसाइकलमा सीमातर्फ जाँदै गर्दा उनीहरुबाट सुन बरामद गरिएको छ । उनीहरु पक्राउ परेको ठाउँदेखि सीमाको भारतीय बजार चाकलचौडा ४ किलोमिटर पर छ ।

रामद गरिएको सुनको मूल्य करिब ४० लाख ५१ हजार रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई सुनसहित दुवैलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) नवराज अधिकारीले जानकारी दिनु भयो ।

















