लहान। जिल्ला प्रहरी कार्यालय सिरहाको सभाहलमा कोरोना भाईरस (कोभिड-१९) को कारणबाट उत्पन्न हुन सक्ने संभावित परिस्थिती,चुनौतीहरु र त्यसको सामना गर्न नेपाल प्रहरीले अवलम्बन गर्नु पर्ने उपायहरु सम्बन्धमा कार्यक्रम संचालन गरिएको एसपी चतुर्बेदीले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाइ रहेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी र जिल्ला अस्पताल सिरहाको डा.दिलिप सदाको प्रशिक्षणमा १५० जना प्रहरी कर्मचारीहरुको सहभागितामा कोरोना भाइरसको संक्रमण,रोकथाम तथा नियन्त्रण सम्बन्धी १ (एक) दिने अनुशिक्षण कार्यक्रम संचालन गरियो ।

साथै कोराना भाईरसको सङ्क्रमणबाट बच्नको लागि यस कार्यालयको मेनगेटमा साबुनपानीले हात धुने व्यवस्था गरिएको र कोराना भाईरस (कोभिड-१९) शंकित व्यक्तिहरुलाई आवश्यकतानुसार छुट्टै राख्न सक्ने गरी यस कार्यालयको परिसर भित्र रहेको खाली भवनमा १० (दश) वटा वेड सहितको I ISOLATION ROOM समेत व्यवस्था गरिएको एसपी चतुर्बेदीले जानकारी दिनु भयो।

















