Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशको वर्तमान अवस्थामा न्यायाधीशहरुले गरेको भ्रष्‍टाचारमा कुनै कारवाही हुन नसक्‍ने


  • काठमाडौं ,असोज १३ गते मंगलवार ।।
  • बिचार


न्यायसम्बन्धी अधिकारको प्रयोग :


कुनै पनि शक्तिको गलत प्रयोगले राज्य वा यसको प्रयोगकर्तालाई भ्रष्ट बनाउँछ भने त्यस्तो गलत शक्तिको पूर्ण प्रयोगले पथ भ्रष्‍ट नै बनाउँछ । राज्य शक्तिको गलत वा स्वेच्छाचारी प्रयोगका कारण आउन सक्ने संभावित खतरालाई रोक्न विश्‍वका हरेक मुलुकले आफ्नो संविधान वा कानून बमोजिम नियन्त्रण र सन्तुलनका उपायहरू अपनाएको पाइन्छ ।

जनताको प्रतिस्पर्धात्मक बहुदलिय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता लगायतका लोकतन्त्रका मूल्य मान्यता जस्ता संविधानवादका मान्यतालाई लोकतन्त्रका मूल्य र मान्यताका रुपमा अंगिकार गर्दै त्यसको सम्मान तथा संरक्षण गर्ने जिम्मेवारी संविधानले निष्पक्ष तथा स्वतन्त्र न्यायपालिकालाई प्रदत्त गरेको छ । यसका साथै कानूनी राज्य स्थापनाप्रतिको आफ्नो प्रतिवद्धता समेत व्यक्त गरेको हो ।

लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रतिको प्रतिवद्धता विना कानूनी राज्यको स्थापना गर्न नसकिने मात्र होइन मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने नसकिने कुरामा पनि संविधान स्पष्ट रहेको छ । संविधानको धारा १२६ ले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको मूल्य र मान्यतालाई आत्मासात गरी नेपालको न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने र मुद्धा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था गरेको छ ।

संविधानको धारा १२८ ले सर्वोच्च अदालत अभिलेख अदालतका रुपमा रहने व्यवस्था गर्दै संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई प्रदान गरेको छ । सर्वोच्च अदालतलाई मुद्दा मामिलाको रोहमा संविधान तथा कानूनको व्याख्या गर्ने वा कानून अस्पष्‍ट र अपुरो रहेको पाइएमा कानूनको व्याख्याद्वारा कानूनी सिद्धान्तको प्रतिपादन गर्न सक्ने अधिकार समेत संविधानले प्रदत्त गरेको छ भने मुद्धा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नुपर्ने तथा सर्वोच्च अदालतले आफ्नो वा मातहत अदालतको न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून कमोजिम अवहेलनामा कारवाही चलाई सजाय गर्न सक्ने संवैधानिक व्यवस्था गरेर न्यायिक सर्वोच्चता कायम गर्न खोजेको स्पष्‍टै हुन्छ ।

संविधानमा न्यायाधीशको नियुक्तिसम्बन्धी व्यवस्थाः

नेपालको संविधानको धारा १२९ मा सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरुको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था छ ।

संविधानले सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढिमा बीस जना न्यायाधीश रहने व्यवस्था गरेको छ भने संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधिशको नियुक्ति राष्‍ट्रपतिबाट हुने संवैधानिक व्यवस्था गरेको छ ।

यसैगरी संविधानको धारा १४० मा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधिशहरुको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गर्दै न्याय परिषदको सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरुको नियुक्ति हुने व्यवस्था गरेको छ । धारा १४९ ले जिल्ला न्यायाधीशमा भने खुला प्रतिष्पर्धाका साथै न्यायपरिषदको सिफारिसमा जिल्ला न्यायाधीशको नियुक्ति हुने व्यवस्था गरेको छ ।

न्यायाधीश पदमुक्त हुने आधारहरूः

नेपालको संविधानको धारा १३१ ले सर्वोच्च अदालतका प्रधान न्यायाधीश वा न्यायाधीशले संविधान वा कानूनको गंभीर उल्लंघन गरेमा, कार्यक्षमताको अभाव वा खराव आचारण भएको वा इमानदारीतापूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको, शारिरीक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेमा, निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा पदमुक्त हुने आधारहरु तय गरेको छ भने धारा १४२ र १४९ ले यी आधारहरुलाई उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरु तथा जिल्ला न्यायाधीशको पदमुक्तिको आधार मानेको छ ।

प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशलाई महाभियोग लगाउन सकिनेः

नेपालको संविधानको धारा १३१ ले सर्वोच्च अदालतका प्रधान न्यायाधीश वा न्यायाधीशले संविधान वा कानूनको गंभीर उल्लंघन गरेमा, कार्यक्षमताको अभाव वा खराव आचारण भएको वा इमानदारीतापूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको, शारिरीक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेमा, निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सँख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने व्यवस्था गरेको छ ।

मातहत अदालतका न्यायाधीशहरु पदमुक्त हुने व्यवस्थाः

नेपालको संविधानको धारा १५३ मा न्याय परिषदको व्यवस्था गर्दै न्याय परिषदको अध्यक्ष वा सदस्यले कुनै न्यायाधीशको सम्बन्धमा पर्न आएको उजुरीसँग सम्बद्ध मुद्दाको अध्ययन गरी न्याय परिषदमा प्रतिवेदन गर्न सक्ने, पर्न आएको उजुरीको सम्बन्धमा प्रारम्भिक छानबीन गराउँदा विशेषज्ञबाट विस्तृत छानवीन गर्नुपर्ने देखिएमा परिषदले जाँचबुझ समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ ।

अन्य न्यायाधीशलाई मुद्दा चलाउन सकिने अवस्थाः

नेपालको संविधानको धारा १५३९६० मा न्यायाधीशहरु माथी मुद्दा चलाउन सकिने अवस्थाको विषयमा व्यवस्था गर्दै नेपालका प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुलाई संविधान वा कानूनको गंभीर उल्लंघन गरेमा, कार्यक्षमताको अभाव वा खराव आचारण भएको वा इमानदारीतापूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको, शारिरीक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेमा, निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सँख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने व्यवस्था गरेको छ ।

यधपी मातहत अदालतका अन्य न्यायाधीशहरुलाई महाभियोग लगाउन भने सकिदैन । अन्य न्यायाधीशहरुलाई भ्रष्‍टाचार गरी अख्तियारको दुरुपयोग गरेमा न्याय परिषदले अनुसन्धान गरी कानून बमोजिम मात्र मुद्दा चलाउन सकिने व्यवस्था गरेको छ ।

अन्य न्यायाधीशलाई मुद्दा चलाउन कानूनको अभावः

नेपालको संविधानले अन्य न्यायाधीशहरुले भ्रष्‍टाचार गरी अख्तियारको दुरुपयोग गरेमा न्याय परिषदले अनुसन्धान गरी कानून बमोजिम मात्र मुद्दा चलाउन सकिने व्यवस्था गरेको छ ।

तर संविधान जारी भएको पाँच वर्ष पुरा भईसक्दा पनि संघीय संसदले न्यायाधीशहरुले भ्रष्‍टाचार गरी अख्तियारको दुरुपयोग गरेमा मुद्दा चलाउन सकिने आधार र व्यवस्थासहितको कानून बनाउने तर्फ ध्यान पुर्‍याउन सकेको देखिदैन । संविधानले व्यवस्था गरे बमोजिम कानून नबनेसम्म न्यायाधीशहरुलाई कानूनी कारवाहीको कुरा गर्नु फगत मात्र हुनेछ । यति मात्र होइन, संविधान निर्माणको पाँच वर्षसम्म संविधानको यो धारा निष्क्रिय समेत रहेको छ ।

कानून बनाउने जिम्मेवारी र दायित्व कसकोः

संविधानको कार्यान्वयनको मुख्य जिम्मेवारी र दायित्व राज्यका तीन अंगहरु कार्यापालिका, व्यवस्थापिका र न्यायपलिकाको नै हो । जनताको न्यायको अन्तिम आशा र विश्वासको केन्द्र न्यायपालिका र न्यायाधीशको अनियमितता र भ्रष्टाचारको छानवीन तथा दोषी पाइएमा मुद्दा चलाउने सम्बन्धमा आजसम्म कानून बन्‍न नसक्नु राज्यको गंम्भिर कमजोर त छदैछ ।

कानून बनाउने तर्फ राज्यको ध्यान नपुग्नुले न्यायाधीशबाट हुन सक्ने भ्रष्‍टाचारमा उन्मुक्ति दिन खोजिएको त होइन भन्‍ने तर्क उठ्न थालेको छ । यसमा संघीय व्यवस्थापिका संसद र कार्यापालिकाको ध्यान जान जरुरी छ।

प्रधान न्यायाधीश अन्तिम जिम्मेवारीबाट पन्छिन नहुनेः

संविधानको धारा १३६ ले सर्वोच्च अदालत र मातहत अदालत तथा विशिष्‍टीकृत अदालत वा अन्य न्यायिक निकायहरुको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशलाई तोकेको छ । संविधानले तोकेको यस प्रकारको जिम्मेवारी पुरा गर्ने दायित्व प्रधान न्यायाधीशमा रहन्छ । न्याय प्रशासन प्रभावकारी बनाउनुको अर्थ न्यायाधीशको नियुक्ति, सरुवा र बढुवामा मात्र केन्द्रित हुनु भन्‍ने पक्‍कै होइन ।

न्यायाधीशहरुबाट हुने हरेक गतिविधिको सुष्म अवलोकन तथा निगरानी गर्ने र अनियमितता तथा भ्रष्टाचार गरेको पाइएमा छानवीन गरी मुद्दा चलाउने महत्वपूर्ण जिम्‍मेवारी पनि निजकै हो । यस अर्थमा न्यायाधीशले भ्रष्‍टाचार गरी अनियमितता गरेमा मुद्दा चलाउने सम्बन्धी कानूनको निर्माणमा पहल कदमी थाल्नु प्रधान न्यायाधीशको जिम्मेवारी र दायित्व पनि हो भने यो न्यायपालिका मात्र नभै देशकै लागि गर्वको विषय समेत हुनेछ । आशा गरौं ।

( लेखक सर्वोच्च अदालतका उप-रजिष्‍ट्रार हुनुहुन्छ )

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh