Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भक्तपुरमा ‘लुट आतंक’

‘डलर साट्ने नाममा झुक्याए २७ लाख लुट्ने ५ जना पक्राउ

  • भक्तपुर ,असोज १० गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

भक्तपुरको ठिमीस्थितमा रहेको चारदोवाटो चोकको कपडा पसल । साउन लागेपछि सो पसलमा नयाँ ग्राहक आएर कपडा लिए । ती ग्राहक दोस्रोपटक पनि आए । कपडा किनेपछि भने– ‘हामीले चिनेको एकजना टुरिष्ट गाईडसँग १० हजार डलर छ । ’

‘अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटकले भुलवश छाडेको झोलामा सो डलर भेटियो ।’ उनीहरुले थपे–‘त्यो गाईड साह्रै सोझो छ, ५ लाख पाए उसले १० हजार डलर दिन्छ ।’ त्यसपछि कपडा पसलेको ध्यान मोडियो । डलरको स्याम्पल देखाए, ओरिजिनल थियो । पाँच लाख दिएर उनी ‘टुरिष्ट गाईड’को डलर साट्न राजी भए ।

साउन १९ मा उनीहरुले कपडा पसलेलाई ५ लाख लिएर सिद्धकाली मन्दिरमा बोलाए । डलर भनेर रुमालको पोको दिए । ‘पुलिस आयो, छिटो गर्नुस’ भन्दै उनको पाँच लाख लिएर भागे । रुमालको पोको खोलेर हेर्दा थाहा भयो–डलर हैन, कागज रहेछ । साउनयता भक्तपुरमा यस्ता ५ वटा घट्ना भए । किराना पसले, जग्गा कारोबारी र विदेशबाट फर्किएकालाई सस्तोमा डलर साट्ने लोभ देखाउने गिरोहले ‘लुटपाट आतंक’ मच्चायो । २ महिनाको अवधिमा २७ लाख लुटपाट भयो ।

लुटपाटमा संलग्न ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ छिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोलीले शुक्रबार उनीहरुलाई पक्रेको हो । खेलबहादुर र रेलबहादुर बाह्रबिसे–३ का हुन् । अन्य तीनजना बाह्रबिसे–६ का हुन् । ‘डलर साट्ने नाममा झुक्याएर साउनपछि सो समूहले ५ ठाउँमा लुटेको खुलेको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर सुवास बुढाथोकीले भने–‘थप अनुसन्धान गरिरहेका छौं ।’

भक्तपुरको बोडेस्थित किराना पसल । रोल्पा घर भएका दम्पतीले सो पसल चलाउँथे । थोपा–थोपा जम्मा गरेर केही पैसा उनीहरुले बैंकमा राखेका थिए । लुटेरा समूहले ‘किराना पसलबाट थोरै आम्दानी हुन्छ बरु, डलर साटे एकैपटक धेरै कमाइन्छ’ भनेर लोभ्याए । त्यो लोभमा परेर किराना पसलेले ९ लाख ८० हजार गुमाए । असोज ६ मा बाह्रबिसेका लुटेराले ‘डलर हो’ भन्दै कागजको बिटो दिएर किराना पसलेको पैसा लुटेका थिए ।

गोरखा घर भई काठमाडौंको धापासी बस्ने सुदर्शन थापालाई सो समूहले बिहीबार सुर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेजमा बोलाए । ‘डलर हो’ भन्दै कागजको पोको दिएर ५ लाख लुटेर भागे । पोर्चुगल बसेर फर्केका ३० वर्षीय थापालाई लुटेरा समूहले सस्तोमा डलर साट्दा ५० प्रतिशत फाईदा हुने भन्दै नाफा बाँड्ने आश्वासन दिएका थिए । सो लोभमा उनी धापासीबाट बालकोट पुगेका थिए ।

सो समूहले ३१ भदौमा दिब्यश्वरी टाउन प्लानिङमा जग्गा कारोबार गर्नेबाट ५ लाख लुटेका थिए । प्रहरीले उनीहरुको साथबाट ‘डलर’ भनि झुक्याउन तयार गरिएको कागजको बिटा २ बण्डल र २ लाख ४२ हजार नगद बरामद गरेको हो ।

Tags: Crime
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh