Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिरगंज भन्सारमा रोकिएको पचास कन्टेनर छोकडा कुहिन थाल्यो

  • बिरगंज ,असोज ५ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भित्र्याउने विषय अझै अन्योलमा छ ।

बन्दरगाहमा ल्याइएका छोकडा के गर्ने भन्नेमा सरकारले निर्णय नलिँदा करीब ५० कन्टेनर छोकडा वीरगञ्ज सुक्खा बन्दरगाहमा अलपत्र परेको हो । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । निर्णयअघि सिपमेन्ट भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका १ हजार कन्टेनर सामान बन्दरगाहमा रोकिएका थिए ।

गत भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चैत १६ अघि सिपमेन्ट भइसकेका केराउ र मरीच एकपटकका लागि भित्र्याउन दिने निर्णय गरेको थियो । त्यसअघि नाकाका रोकिएको सुपारी छोड्ने निर्णय भइसकेको थियो ।

सरकारी निर्णयपछि केराउ, मरीच र सुपारी भित्रिए पनि छोकडा भने ५ महीनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नवनीत अग्रवालले बताए । एउटै निर्णयबाट रोकिएको वस्तु छोड्ने बेलामा सरकारले विभेदपूर्ण व्यवहार देखाएको आरोप अग्रवालको छ ।

‘सरकारले चैत १६ गते केराउ, मरीच, सुपारी, छोकडालगायत वस्तुको आयात रोक्यो । तर, छोड्ने निर्णय गर्ने बेलामा छोकडाको विषय छुटाउनु विभेद हो,’ उनले आर्थिक अभियानसित भने । बन्दरगाहमा रोकिएको छोकडा कुहिन थालेको उनले बताए ।

वीरगञ्ज बन्दरगाहमा करीब साढे ७ करोड रुपैयाँबराबरको छोकडा रोकिएको अनुमान आयातकर्ताको छ । पाकिस्तानी निर्याकर्ताहरूले आयातकर्तालाई भुक्तानीका लागि बारम्बार ताकेता गरिरहेको उनीहरू बताउँछन् । बन्दरगाहमा आइसकेका मालसामानको जाँचपासमा रोक लगाइएपछि भुक्तानी गर्न नसकिएको र यसबाट व्यवसायीको साख बिग्रिएको आयातकर्ताको गुनासो छ ।

केराउ, मरीच र सुपारी जुन प्रक्रियाबाट छोडियो छोकडा पनि त्यसरी नै भित्र्याउन पाउनुपर्ने माग बीएलजे ग्रूपका सञ्चालक दीपेन्द्र गुप्ताको छ । ‘सरकारले एउटै निर्णयबाट रोकेको मालसामान छोड्ने बेलामा भने साना व्यवसायीमाथि अन्याय गरेको छ,’ गुप्ताले भने ।

नाकामा रोकिएको मालसामान भित्र्याउन दिने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेको थियो । भुक्तानीको डीएपी प्रक्रियामा आएका यस्ता वस्तुलाई खाद्यले अनुमति नदिएपछि भन्सारले जाँचपास रोकेको थियो । वीरगञ्ज र भारतका विभिन्न बन्दरगाहमा रोकिएकामध्ये ६० कन्टेनर मरीच निर्यातकर्ताले बंगलादेशका व्यवसायीलाई विक्री गरेका छन् । सरकारले यसअघि निर्याकर्ताले फिर्ता लैजान चाहेमा मरीच लैजान दिने निर्णय गरेको थियो । अन्य परिमाणको मरीच, केराउ र सुपारी धमाधाम भित्रिइरहेको छ ।

भित्र्याउन दिने वा के गर्ने भन्नेबारेमा सरकारको निर्देशन नआएकाले छोकडाको जाँचपास नभएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका निमित्त प्रमुख जगदीश पुर्वेले बताए । सरकारले छोड्ने भनिसकेका मालसामान भित्रिइरहेका छन् । छोकडाको विषयमा अहिलेसम्म कुनै निर्णय आइसकेको छैन, उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh