- काठमाडौं ,असोज ४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
चीनले नेपाली भूमीमा भवन बनाएको खुलासा भएको छ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका – ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले ९ वटा भवन बनाएको हो।
त्यहाँ भवन बनाएको र नेपालीलाई जान समेत निषेध गरिएको प्रतिवेदन गृहमन्त्रालयमा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले यही भदौ १४ देखि १९ गतेसम्म उक्त क्षेत्रको अनुगमन गर्दा यस्तो भेटिएको हो ।
दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको बताइएको छ।
सो विषयमा गृह मन्त्रालयमा प्रतिवेदन पुगिसकेको छ। हाल उक्त क्षेत्रमा चिनियाँ सेना आउने गरेको छ।
चिनियाँ पक्षले भने क्वारेन्टाइन बनाउन भवन निर्माण गरेको जनाए पनी ती भवन कहिल्यै प्रयोगमा आएका छैनन।
अर्काको भूमीमा भवन बनाउन अघि समन्वय गर्नुपर्नेमा चिनियाँ पक्षले त्यस्तो गरेको छैन। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाए पनि नेपाली नागरिकलाई भने त्यहां प्रवेश गर्न रोक लगाइएको नेपाली अधिकारीहरुले बताएका छन्।
