-
काठमाडौं ,असोज ३ गते सनिवार ।।
जनप्रभाब – सम्बादाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव प्रेस काउन्सिल पुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गरेका छन् ।
केही मिडियाले आफ्नो बारेमा झुठा समाचार लेखेर अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि मन्त्री यादव आफैँ काउन्सिल पुगेका हुन् । भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडियामाथि कडा कारबाही हुनुपर्ने धारणा राखेको काउन्सिल श्रोतले जनाएको छ । मन्त्री यादवले पत्रकार आचार संहितासंबन्धी विषयमा केन्द्रित छलफलमा उजुरी, कारबाहीबारे जिज्ञासा राखेका थिए ।
सो अवसरमा काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले आचारसंहिता उल्लंघनको प्रकृति, कारबाही प्रक्रियाबारे जानकारी गराएका थिए । मन्त्री यादवको तर्फबाट मन्त्रालयका उपसचिव सुरेश राउतले एक अनलाइनविरुद्ध गत भदौ २१ गते उजुरी दर्ता गराएका थिए । सो अवसरमा प्रेस काउन्सिल सदस्य खिलबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल सहभागी थिए ।

















