Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घुमुवा प्रहरीकै सेटिङमा तस्करी असुली धन्दामा घुमुवा

एसपी पोखरेललाई असुलीमा मस्त घुमुवा प्रहरीको जालो तोड्न र तस्करी नियन्त्रणमा सबैभन्दा बढी चुनौति..

  • रुपन्देही ,भदौ ३० गते मंगलवार ।।
  • जनप्रभाब – समाचारदाता

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा रुपन्देही तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । कोरोना भाइरसको महामारी बाबजुत पनि जिल्लामा अचाक्ली तस्करी हुने गरेको छ ।

तस्करहरुसँग असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, रुपन्देहीमा भने सशस्त्र र नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । सशस्त्रका घुमुवाले तस्करीसँग असुल्न्छन् भने नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने होटलदेखि तस्करहरुसँग असुली गर्छन् ।

सही कामका लागि गोप्य सूचना संकलन गर्ने घुमुवाले जिल्लामा तस्करी र असुली आतंक नै मच्चाएका छन् । अचम्म त के छ भने, सीमा सुरक्षामा खटिने सशस्त्रका वीओपीहरुले समेत घुमुवा राखेका छन् । प्रहरीको त कुरै छाडौं, गाउँमा रहेका चौकीदेखि इलाका र जिल्लासम्मै घुमुवा परिचालित छन् र उनीहरुकै असुली धन्दा विगविगी छ ।असुली धन्दामा घुमुवाका ‘डन’
सशस्त्रका वीओपीदेखि प्रहरीका चौकीसम्म घुमुवा प्रहरी असुलीमा मस्त छन् । सशस्त्र प्रहरी नं. २७ गण हे.क्वा. मा सहायक हवल्दार प्रदीप जवरा र जवान सन्नी चौधरी घुमुवा प्रहरी हुन् । उनीहरुले जिल्लाको सबै नाकाबाट हुने तस्करीमा साथ दिएका छन् । सिद्धार्थ वीओपी, डण्डा भैरहवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विजय थापाले सहायक हवल्दार दीपबहादुर अधिकारी र जवान पप्पु गुप्तालाई घुमुवामा परिचालन गरेको छन् ।
अधिकारी तिनै प्रहरी हुन्, जसको दरबन्दी पर्वत भए पनि सशस्त्रका माथिल्लो निकायमा लाइन मिलाएर लामो समयदेखि डण्डामा घुमुवा बसेर असुलीमा मस्त छन् । यस्तै, सशस्त्र वीओपी वयरघाट लुम्बिनीमा ईश्वर कार्की, वीओपी बजरकट्टीमा सहायक हवल्दार ज्ञानसागर पाण्डे घुमुवा छन् । उनीहरुले नै उठबस गरी हाकिमको मात्रै गोजी गरम गर्दैनन्, माथिल्लो निकायका अधिकृतको समेत खल्ती गरम गरिदिन्छन् ।नेपाल प्रहरीमा पनि घुमुवाको असुली धन्दा अचाक्ली छ । जिल्ला प्रहरी कार्यालयका घुमुवा हवल्दार कृष्णप्रसाद श्रेष्ठ, जवानहरु छत्रबहादुर सूर्यबंशी, सविन पौडेल, तुलसीराम यादव असुलीमा तल्लीन छन् । उनीहरुले जिल्लाका सबै ठाउँबाट असुली गरिरहेका छन् । इलाका प्रहरी बेलहियामा हवल्दार खिमानन्द पराजुली र जवान देवी राना, इलाका लुम्बिनीमा विजय थापा, इलाका प्रहरी धकधईमा जवान शिवशंकर धवल घुमुवा प्रहरी छन् । उनीहरुले सीमा क्षेत्रमा हुने तस्करी, काठ, गिटीबालुवा लगायत तस्करहरुसँग मिलेर असुली गर्छन् । इलाका प्रहरी बुटवलमा वीपी कंडेल घुमुवा छन् । उनले गिटीबालुवा, यौन्धन्दा हुने होटल, काठ तस्करसँग असुली गर्छन् ।अहिले रुपन्देहीमा रातदिन तस्करी भइरहेको छ । तस्करहरुले साइकल, मोटरसाइकल, ट्याक्टर, मिनीट्रकमै तस्करी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् । रहमोद मुसलमान, समीर मुसलमान, खली यादव, छोटु, महावीर, अफरोज खाँन, प्रेम, शैलेश, लल्लु, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, प्रकाश, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, ललु लगायत तस्करहरुले सशस्त्र र प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् । भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी हुन् । यहाँबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ । यस्तै, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, कालिदहबाट पनि तस्करी हुने गरेको छ ।
रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ती हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ । कोरोना महामारीमा समेत व्यापक तस्करी भएपछि कोरोना फैलिने भन्दै स्थानीय चिन्तित छन् ।

थापा र खड्काको लाइन तोड्न पोखरेललाई चुनौती
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख भएर एसपी प्रवीण पोखरेल आएका छन् । उनी जिल्ला आएको १० दिन मात्रै भएको छ । तर यसअघिका एसपी हेमकुमार थापा र हाल जिल्लामै रहेका डीएसपी खड्गबहादुर खत्रीले लामो समयदेखि तस्करीको लाइन चलाए । उनीहरुले चलाउँदै आएको लाइन अझैसम्म चलिरहेको छ । एसपी थापा जिल्ला हुँदासम्म डीएसपीले थोरै भाग पाउने गर्थे, थापाको नै हालीमुहाली चल्थ्यो । उनी गएपछि डीएसपी खड्काले अचाक्ली असुली धन्दा चलाउँदै आएका छन् । जानकारहरुले एसपी थापाले रुपन्देहीमा आएका अहिलेसम्मका एसपीहरुमा सबैभन्दा असुली धन्दा चलाएको बताइन्छ ।

उनै थापाले चलाएको तस्करीको लाइन हालका एसपी पोखरेललाई तोड्न हम्मेहम्मे परेको छ । पोखरेल तस्करी नियन्त्रण गर्ने भन्दै रातदिन फिल्डमा खटिने गरेको प्रहरी स्रोत बताउँछ । तर उनी कता जान्छन् भन्ने सुइँको जिल्ला प्रहरीभित्रैबाट तस्करहरुसँग पुग्छ र पोखरेल गएको भन्दा फरक नाकाबाट तस्करीको सामान नेपाल भित्र्याइन्छ ।एसपी पोखरेल जिल्लामा आएपछि उनी आफै फिल्डमा खटिएर १० दिनमै लाखौं रुपैयाँको तस्करीको सामान समाईसकेका छन् ।
चौकी इन्चार्ज, इलाका प्रहरी प्रमुखहरु र त्यहाँ कार्यरत घुमुवा, जिल्ला प्रहरीका घुमुवाले तस्करीलाई एसपी पोखरेलकाबारे सूचना दिने गरेका छन् । यसमा केही प्रहरी अधिकृत पनि संलग्न छन् ।एसपी पोखरेललाई असुलीमा मस्त घुमुवा प्रहरीको जालो तोड्न र तस्करी नियन्त्रणमा सबैभन्दा बढी चुनौति भएको छ । यस्तै, सशस्त्रले पनि तस्करी नियन्त्रणमा उनलाई साथ दिएको छैन । रुपन्देहीका स्थानीय भन्ने गर्छन् एसपी पोखरेललाई यसअघिका एसपी थापाको लाइन तोड्न र घुमुवा प्रहरी हटाउन निकै सकस पर्ने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh