- बिरगंज ,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – समाचारदाता
संघीय सांसदसहित सुरक्षा निकायको टोलीद्वारा पर्साको सीमा नाकाको निरीक्षण गरिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्णसहित सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले भारतसँग सीमा जोडिएको पर्साका विभिन्न सीमा नाकाको निरीक्षण गरेको छ ।

सुरक्षा निकायको टोलीद्वारा वीरगंजको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला लगायतका नाकामा पुगेर अवस्थाबारे जानकारी लिएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा सिल गरेपनि खुला सीमाका कारण भारतबाट नेपालतर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सांसदद्वयले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए ।
निरीक्षणका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) अस्मान तामाङ, जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेनंद्र खड्कालगायतको उपस्थिति रहेको थियो ।



















