- पर्सा,भदौ २७ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ( किभिड-१९ ) बारे सतर्क अथवा सावधानी अपनाउन पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष गुप्ताले कोरोनाबाट बच्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको निर्देशन पालना गर्न अपिल गरेका छन् ।
नेपालमा अरु देश जस्तो अवस्था नआउन हामीले सतर्कता अपनाउनु पर्ने बताएका छन् । भिस्वा क्वारेन्टाइन मा रहेको १४ जनामा कोरोना संक्रमित पुष्टि भएको मा यश ले छिपहरमाई गाउँपालिकामा समस्या ल्याएको छ ।यश मा छिपहरमाई गाउँपालिका को जनता हरु लाई सतर्कता अपनाउन अध्यक्ष गुप्ता ले जोड दिनु भएको छ। उनले भिडभाडमा नजान, महत्वपूर्ण काम नभए बाहिर ननिस्कन भनेका छन् । यस्तै हातले नाक मुख आँखालगायत स्थान नछुन, हात मिलाउनुको सट्टा नमस्ते गर्न पनि भनेका छन् ।
अहिलेको अवस्थामा घरमै बस्नु नै सबैभन्दा राम्रो र सुरक्षित उपाय रहेको र कोरोना बाट बच्न डब्लुएचओ लगायत नेपाल सरकारले ल्याएको नियमहरुको पालना गर्नु अति आवश्यक रहेको गुप्ताले बताएका छ्न ।
अध्यक्ष गुप्ताले भने,आधिकारी निकायको सुचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आफ्नो परिवारको ख्याल गर्ने , बाहिर निस्कँदा मास्कस प्रयोग गर्ने साबुन पानीले हात धुने सेनेटाइगर प्रयोग गर्न ,आफू पनि बचौँ अरुलाई पनि बचायौँ भन्दै कोरोनाबाट सुरक्षित रहन र अत्यावश्यक समय बाहेक अरु बेला घरबाहिर ननिस्कन आग्रह समेत गरेका छन् । साथै बाहिर बाट अाउने माथी बिषेश निगरानी गरि अाउने लाई क्वारेन्टाइन मा राखन जानकारी दिन समेत अाग्रह गरेका छन।पर्सामा अहिले सम्म ७९ जना मा कोरोना संक्रमित भेटिएको र नेपालमा भने अहिलेसम्म २४३ जनामा कोरोना संक्रमण भेटिएको छ भने ३४ जना उपचारपछि घर फर्किसकेको छ। र अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
सरकारले कोरोनाबाट बच्न अहिले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । छिपहरमाई गाउँपालिका को जनता हरु लाई केही समस्या भएमा मोबाइल नम्बर ९८५५०३६०८४ मा फोन गरि समस्या राखन अध्यक्ष मनोज कुमार गुप्ता ले आग्रह गरेका छन। छिपहरमाईको जनताहरु लाई हुने समस्या आफ्नो तरफ बाट पुर्याउने बताए। ।

















