- लहान,भदौ २७ गते सनिवार ।।
- जनप्रभाब – आलोक यादव
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहको आगमन संगै प्रहरीले गरेको कडाईका कारण तस्करी धन्दामा कमी आएको छ ।
प्रहरी चाहे मन्दिरको अगाडीबाट एउटा चप्पल पनि चोरले चोर्न सक्दैन ठिक त्यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा आउनु भएका प्रहरी नायब माहानिरीक्षक धिरज प्रताप सिंहको आदेशले २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका ८ वटै जिल्लाका प्रहरी इमन्दार भएका छन् ।
डिआइजी सिंहको आगमन संगै प्रदेश २ का ८ वटै जिल्लामा संचालनमा रहेको हजारौं मदिरा भठी नष्ट गरिएको छ भने हजारौ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको कार्य सराहनीय रहेको स्थानिय जय कृष्ण यादवले बताएका छन् ।
डिआइजि सिंहको आग्मन संगै तस्करहरु प्रदेश १ र प्रदेश ५ को नाकामा भाग्न बाध्य भएका छन् ।
बिगतका दिनहरुमा नेपाल र भारतको सीमाना नाका हुदै ठूला वडा तस्करहरु कार्य गरिरहेको तर डिआइजी हरि बहादुर पाल र प्रधुम्न कार्कीको पालामा र हालको समयमा डिआइजी सिंहको नाम सुन्न साथ प्रदेश १ र ५ मा प्रवेश गरेको तस्कर श्रोतले जनाएको छ । आफुहरु पहिला ट्रयाक्टर र ट्रकको माध्यमले काम गर्थे तर डिआइजी हरी बहादुर पाल र प्रधुम्न कार्कीको समयमा र हाल आउनु भएका प्रहरी नायब माहानिरीक्षक सिंहको नाम सुन्नसाथ कुरा गर्ने हिम्मत नभएर अर्को प्रदेश समात्नु पर्ने बाध्य भएको तस्कर श्रोतले बताए ।
यस बिषयमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब माहानिरीक्षक सिंहले तस्करी नियन्त्रण र अपराधिक क्रियाकलाप रोक्न लागि परेको बताउनु भयो । उहाले आफु रहुन्जेल प्रदेश २ को आठ वटै जिल्लाको कुनैपनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताउनु भयो । प्रहरी नायब माहानिरीक्षक सिंहले आफ्नो तर्फबाट तस्करी तथा अपराधि क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको बताउनु भयो ।

















