तस्कर विरुद्ध डिआइजी सिंहको अप्रेशन-तस्करको नयाँ नयाँ शैली, डुङ्गाबाट तस्करी ,२ सय ४४ कार्टुन मदिरा बरामद ।
- सिरहा,भदौ २६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
-
प्रहरीको आँखा छली डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा २ सय ४४ कार्टुन मदिरा शुक्रवार प्रदेश २ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तिलाठी कोईलाडी गाउँपालिका –५ स्थित बनरझुलावाट उक्त मदिरा नियन्त्रणमा लिईएको हो । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय हनुमाननगर र प्रहरी चौकी को. बर्साईनको संयुक्त टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लुकाएर राखिएको अवस्थामा २ सय ४४ कार्टुन ‘दिलवाले’ नामको मदिरा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा वुझाईएको कार्यालयले जानकारी दिएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुख डिआइजी धिरज प्रताप सिंहले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ। भन्सार छलेर भित्र्याइएका सामान तथा सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन्। पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीबाट बिरलै आउँछ।

















