Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सारका हाकिम–तस्करको मिलेमतो प्रहरी बरामद गर्ने, कौडीको मूल्यमा लिलाम गर्ने ?


  • जनकपुरधाम,भदौ २२ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता


कोरोना भाइरस ( कोेभिड–१९ ) को महामारीले सीमानाका बन्द छन् । कोरोना भाइरस रोकथामका लागि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तर राष्ट्र संकटमा परेको यस घडीमा भारतसँग जोडिएका सीमा नाकाबाट भन्सार छली गरी तस्करी गर्ने क्रम भने बढेको छ । कोरोना महामारीमा धनुषामा तस्करी फस्टाएको खबर छ । धनुषाबाट सबैभन्दा बढी भारत तस्करी हुने मदिरा हो । बिहारमा मदिरा प्रतिबन्ध भएकाले नेपालबाट यसको तस्करी हुने गरेको हो । मदिरापछि छोगडा, केराउ र मरिचलगायतका समानहरू भारतमा तस्करी हुने गरेको छ । भारतबाट लत्ताकपडा खानेतेल, चिनी, मलखाद, रजनीगंधा गुट्खा, पाउडर दूध, चप्पल तथा हार्डवेयर लगायतका सामान भित्रिने गरेको छ ।

नेपाल भारत खुला सिमाना भएका कारण तस्करी तथा चोरी निकासी रोक्न जति प्रयास गरे पनि पूर्णतः रोक्न असम्भव छ । तर रोक्दै रोक्न सकिन्न भन्नु सरासर गलत हुने जानकारहरू बताउँछन् । मुख्यतः सीमानाकामा हुने अबैध गतिबिधि र तस्करी नियंत्रण तथा रोकथाम गर्न सशस्त्र प्रहरीले नसकेकोमा बदनाम छ । नेपाल प्रहरीले पनि तस्करसँग सेटिङ गरी लाइन दिने गरेको आरोप लाग्दै आएको छ ।

तर जनकपुरमा भने तस्कर लाइन दिने वा बन्द गर्ने भन्दा पनि भन्सार कार्यालयबाटै पनि नीतिगत भ्रष्टाचार हुने गरेको रहस्य खुलेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न नाकाहरूबाट पक्राउ गरी भन्सारमा बुझाएका केही सामान लिलामी प्रक्रियामै भन्सार प्रमुखले नीतिगत भ्रष्टाचार गर्ने गरेको आरोप प्रहरीको छ ।

नीतिगत भ्रष्टाचारमा भन्सार प्रमुख
भन्सार दाखिला भएका मालसामान रितपूर्वक लिलाम हुनुपर्ने हो, त्यसो हँुदैन । भन्सार छली ल्याइएका सामान बरामद गरी भन्सार दाखिला भएपछि प्रहरीको दायित्व पूरा हुन्छ । भन्सार कार्यालयमा मालसमान दाखिला भएपछि लिलामीका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने दायित्व भन्सार कार्यालयको हुन्छ । तर लिलामीमा नै चरम भ्रष्टाचार हुँदैआएको सुरक्षा स्रोत बताउछ ।

घुसको चक्करमा जनकपुर भन्सार कार्यालयका भन्सार प्रमुख रामेश्वरकुमार मिश्र र मूल्यांकन समितिले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको देखिए पनि एकै ब्यक्तिलाई विभिन्न फर्मको नाममा मिलेमतोमा पटक पटक लिलाम गर्ने अवसर दिने गरिएको छ ।

भन्सार प्रमुख मिश्रले गुपचुप तरिकाले बरामद भएका सामानको कागजी प्रक्रिया पूरा गर्न पहिलो चोटी १५ दिने लिलामको लागि सूचना जारी गर्ने गर्दछन् । सूचना जारी हुँदा कुनै पनि फर्मका सञ्चालक लिलाम सकार गर्न नआएको कागजमा देखिन्छ । त्यसपछि फेरि ७ दिने सूचना जारी हुन्छ । त्यतिबेला पनि कोही आउँदैन । त्यसपछि पुनः दररेट कायम गर्न मूल्यांकन समितिमा मुद्दा जान्छ ।

मूल्यांकन समितिमा चार जना हुन्छन् । भन्सार प्रमुख, उद्योग बाणिज्य संघका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र एक जना मेकेनिकल इन्जिनीयर(मेसनरी बस्तुको मूल्यांकनका हकमा मात्र) हुन्छन् । माल सामान लिलाम भएन, गुणस्तर कम भयो भन्दै पहिले तोकेको मूल्य भन्दा ३० देखि ४० प्रतिशत सम्म मूल्य घटाएर मूल्यांकन गरिन्छ । अनि फेरि अर्को सूचना जारी हुन्छ ।

मूल्यांकन समितिमा चार जना भए पनि जनकपुर भन्सारमा सेटिङका कारण दुई जनाले मात्र मालसामानको मूल्य तोक्ने गरेका छन्, । एउटा भन्सार प्रमुख मिश्र आफै र अर्को उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि आउँदैनन् र हामीले गणपूरक संख्या पुगेपछि निर्णय गर्ने गरेको मिश्र स्वीकार गर्छन् । तर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आउँदैनन्, त्यहाँ कागज र भत्ता मात्रै जान्छ स्रोतको दाबी छ । लिलामीमा सेटिङ गरेको हिस्सा पनि सीडीओ कार्यालयका प्रतिनिधिसम्म पुग्ने गरेको छ ।

घटाइएको मूल्यका बारेमा कृष्णा जनरल अर्डर सप्लायर्सका सञ्चालक सुरेश साहबाहेक कसैलाई थाहा हुँदैन र लिलाम साकार साहले नै गर्ने गर्दछन् । भन्सार कार्यालय जनकपुरमा गत आर्थिक वर्षमा ५ सय ६५ वटा मुद्दा दर्ता भएका थिए । त्यसको करिब ६० प्रतिशत लिलामी कृष्णा जेनरल अर्डर सप्लायर्सका सञ्चालक सुरेश साहलाई दिइएको थियो । भन्सार प्रमुख मिश्रका अनुसार साहले गत आर्थिक बर्षमा करिब १ करोड ५० लाख रुपैयाँ बराबर बरामद भएका सामानको लिलाम सकारेका छन् ।

बाँकी ४० प्रतिशत गाईगोरु, राँगाको लिलामी अरु फर्म र मोटरसाइकल, चारपाँग्रे गाडी तथा ट्याक्टरको लिलामी प्रक्रिया लामो चल्ने भएकाले त्यत्तिकै रहने गरेको छ । साहलाई तत्कालीन भन्सार प्रमुख हेमराज शर्माले मिश्रसँग सम्बन्ध जोडिदिएकोे भन्सार प्रमुखलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

को हुन् सुरेश साह ?
करिब एक दशक आगाडि काठको कठघराबाट बिडी, खैनी तथा चकलेटको ब्यापार सुरु गरेका धनुषा तारापट्टिका सुरेश साह अहिले तस्करहरूको बादशाहका रुपमा चिनिन्छन् । ब्यापार शुरु गरेको केही वर्षपछि साह सानोतिनो परिमाणमा भारत नेपाल तेल, चिनी, चप्पल, पाउडर दूधलगायतका मालसमान ढुवानी गर्थे ।

सानोतिनो कारोबार गर्ने क्रममै साहका कयौं पटक मालसामान बरामद हुने गरेका थिए । बिस्तारै प्रहरी संगठनमा नजिकका मान्छे भएका कारण प्रहरीसँग सेटिङ मिलाएर कारोबार बढाउँदै लगे । तर पनि बेला बेलामा साहले भन्सारछली गरी ओसारपसार गरेका मालसामान प्रहरीले बरामद गर्ने गरेको थियो । उनले सामान बरामद भएपछि धेरै आर्थिक क्षति बेहोर्नुपरेको थियो । केही वर्षयता भन्सार प्रमुखसँग मिलेर उनले सेटिङमा कौडीको मूल्यमा लिलाम सकार गर्ने गरेका छन् ।

भन्सार प्रमुखले बिभिन्न फर्मको नाममा हाल भन्सारबाट हुने सबै लिलामीका मालसमान सुरेश साहलाई मात्र दिने गरेको रेकर्डबाट देखिन्छ । तत्कालीन भन्सार प्रमुख हेमचन्द्र शर्मा जनकपुर भन्सारमा हुँदा साहले यो आइडिया दिएपछि उनीहरू मिलेर ५ लाखको सामान १ लाखमा लिलाम सकार्ने गरेका थिए । ५ लाखको सामान बिग्रिएको भन्दै १ लाखमा दिएर शर्माले साहबाट ठूलो रकम घुस असुलेर बिदा भए । उनीपछिका मिश्रलाई शर्माले नै यो सेटिङको बारेमा जानकारी दिएर गएको स्रोत बताउछ । साहले भन्सारमार्फत् भारतबाट कपडाको कारोबार गर्ने गरेका छन् ।

प्रहरी र भन्सार प्रमुखबीच आरोप प्रत्यारोप
आरोप १
अबैध सरसमान पक्राउ गरी प्रहरीले रितपूर्वक भन्सार दाखिला गर्छ । भन्सार दाखिला गरेका सरसामानको मूल्यांकन प्रहरीको एउटा हुन्छ भने भन्सार कार्यालयको अर्को हुन्छ । प्रहरी र भन्सार प्रमुखबीच मतभेद यहीँबाट सुरु हुन्छ ।

“प्रहरीले भन्सारमा बुझाउन ल्याएका सामानको मूल्य बजारभाउ अनुसारको हुन्छ, त्यो मूल्यमा कुनै पनि ब्यापारी वा फर्मले समान किन्दैनन् । प्रहरीले भन्सार दाखिला गरेका सामान जथाभावी ल्याएको हुन्छ, गुणस्तरीय कम हुन्छ त्यस कारण समानको मूल्य कम गर्नुपर्ने हुन्छ” भन्ने तर्क भन्सार प्रमुख रामेश्वरकुमार मिश्रको छ ।

यता “रातदिन दुःख गरी अबैध मालसामान बरामद गरी बुझाउन जाँदा होलसेल मूल्यभन्दा पनि निकै कम मूल्यांकन गरिदिने, गरेको मूल्यांकनमा फेरि केही दिनपछि आधा मूल्य कम गरिदिने, समयमा कमिसन नपठाइदिने” जस्ता कार्यले प्रहरीको मनोबल गिराउने गरेको प्रहरी प्रमुखहरूको आरोप छ ।

आरोप २
भन्सार कार्यालयबाट एकै ब्यक्तिले पटक पटक मालसामानको लिलाम सकार्ने गरेको कुरा आफूले पनि सुनेको सशस्त्र प्रहरी गण नम्बर ८ नम्बरका एसपी नरेन्द्र सेन बताउँछन् । बरामद भएका मालसामान भन्सार बुझाइसकेपछि हाम्रो दायित्व पूरा हुन्छ । त्यसपछि के हुन्छ हुँदैन थाहा हँुदैन र थाहा भए पनि केही गर्न सकिंदैन भने । तर एकै व्यक्तिलाई पटक पटक मालसामान दिंदा केही न केही रहस्य रहेको उनले बताए ।

सुरेश साह सरकारका सहयोगी हुन् । उनले भन्सार कार्यालयले निकालेको लिलामी सकार नगरे सबै मालसमान खेर जाने अवस्था आउन सक्छ । सुरेश जस्तै अरु पनि लिलाम सकार गर्ने छन् तर उनी सरकारलाई धेरै राजस्व बुझाउने व्यक्ति मध्येमा पर्ने भन्सार प्रमुख मिश्रको दावी छ ।

सशस्त्र प्रहरीले सेटिङमा तस्करी गराउन लाइन पनि दिन्छ र लक्ष्य पु¥याउनु छ भनेर तस्करसँग कमसल र गुणस्तरहीन कपडा समतेर हैन कि मागेर भन्सार बुझाउँछ । २ सय रुपैयाँ भारु पर्ने साडीको मूल्य ८ सय रुपैयाँ तोकेर भन्सार बुझाउँछन् । प्रहरी प्रतिवेदन बढाएर हाकिमलाई खुशी पार्न र लक्ष्य देखाउन त्यस्तो गरेको मिश्रले आरोप लागए ।

आरोप ३
नेपाल प्रहरी र सशस्त्रले मिहिनेत गरी रातदिन पक्राउ तथा छापा हानेर बरामद गरेका मालसामान भन्सार बुझाउँदै आएका छन् । तर प्रहरीले कमिसन लिने बेलामा को कहाँ हुन्छ, ठेगाना हुँदैन । समयमा कमिसन नभेट्दा प्रहरीको काम गर्ने मनोबल कम हुने गरेको प्रहरीको आरोप छ ।

गत बर्षसम्मको प्रहरीले बुझाएको मालसामानको कमिसन मात्रै १ करोड रुपैया बाँड्न बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ । प्रहरी प्रमुखहरू कमिसन आफैंं खानका लागि भर्पाइसहित एकमुष्ट रकम आफ्नो कार्यालयमा पठाइदिन भन्ने गरेका छन् । तर यस्तो गर्न नमिल्ने र सम्बन्धित ब्यक्तिले नै कमिसनको रकम बुझेको हो भन्ने के ग्यारेन्टी हो भनेर नदिएको प्रमुख मिश्रको तर्क छ । हामीले निवेदनसहित नागरिकता र परिचयपत्रको फोटोकपी लिएर आएको ब्यक्तिलाई एकाउन्टपेयी चेक दिने गरेको भनेपछि प्रहरी प्रमुखहरू चिढिएको मिश्रले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh