- जनकपुरधाम,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता

उनले प्रदेश सरकारले पत्रकार महासंघलाई कोरोना महामारीको बेला पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर घोषणा गरेको करिब ५ महिना वितिसक्दा पनि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा व्यवहारमा नदेखिएको कर्णले बताए ।
त्यस्तै यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन र विभिन्न वहानामा निष्काशन नगर्न समेत सञ्चारगृहहरुसँग आग्रह महासचिव कर्णले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध नगराइ सञ्चारगृहले उनीहरुलाई निष्कासन गरे सम्बन्धित जिल्ला शाखामा उजुरी दिन र महासंघमा परेका उजुरीको हकमा तत्काल कामकारवाहीको लागि पहल गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
