- लहान ,२० गते सनिवार ।।
- जनप्रभाब – संजय बिश्वकर्मा
सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ मानिक दहमा आज युवाहरुले सामुहिक रुपमा रक्तदान गरेको छ ।
बिश्व महामारी कोरोना भाईरसको संकटकालिन अबस्थामा रगत आभाब भैरहेको बेला सहयोगी मनहरुले शनिबार रक्तदान गरेको आयोजक नेपाल समाज जनकल्याण युवा संघ लहान – ६ का अध्यक्ष सुदिप महतोले जानकारी दिनुभयो ।
निर्माण ब्यबसाय संघ लहान, नेपाल रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ५१ जना युवाले रक्तदान गरेको अध्यक्ष महतोले बताए ।

निर्माण ब्यबसाय संघ लहान सिरहाका अध्यक्ष रासलाल रायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५१ जना रक्त दाता र १३ जना अतिथि गरि ६४ जनालाई सामुहिक रूपमा आयोजक संस्थाले प्रमाणपत्र दिई सम्मान गरेको थियो ।
कार्यक्रममा आयोजक कार्यसमितिका पदाधिकारी , प्रहरी , स्थानीय बुद्धिजिबि लगायत पत्रकारहरुको पनि उपस्थिती रहेको आयोजकले जनाएको छ ।

















