- लहान ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिरहामा जारी निषेधाज्ञाो समय पुनः थपिएको छ । सिरहामा १२ दिन निषेधाज्ञाको समय थपेको हो ।
सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि विहान ९ बजेसम्म खोल्न पाइने जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिपराज कणेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निषेधाज्ञाको अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट नगर्न भनिएको छ । यस्तै आआफ्नो धार्मिक पर्वहरु घरभित्रै गर्न भनिएको छ ।


