- नवलपरासी ,भदौ १४ गते आइतबार ।।।
- जनप्रभाब – सम्बादाता
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ बाउन्नढीबाट ४० क्वीन्टल मटर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सेमरीको टोलीले भारत तर्फ लैजाँदै गरेको अवस्थामा शनिबार राती उक्त परिमाणको मटर नियन्त्रणमा लिएको प्रहरी निरिक्षक भिमसेन विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मटर ३ लाख ८० हजार बराबर रहेको र आवश्यक कारवहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीबाट पछिल्लो समय अवैध रुपमा भारत तर्फ मटर तस्करी हुने क्रम बढ्दो छ । प्रहरीले दैनिक जसो अवैध केराउ बरामद गरे पनि तस्करी हुने क्रम भने रोकिएको छैन ।


















