- सुनसरी ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
सुनसरी सदरमुकाम इनरुवामा थप दुईसहित बिहीबार सुनसरीमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ४६ पुगेको छ । बिहीबार थपिएका नयाँ कोरोना संक्रमितमा थपिएकामा धरान उपमहानगरपालिकामा २ जना पुरुष, १ जना महिला गरी ३ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा ४ पुरुष, इनरुवा नगरपालिकामा १ जना महिला र एकजना पुरुष गरी दुई जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ४ जना महिला सहित ११ जना, इटहरी उपमहानगरपालिकामा २ जना महिला र ८ जना पुरुष गरी १० जना गरेर जम्मा ३८ जना रहेका छन् ।
थपिने मध्ये इनरुवाका भनिएका ब्यक्ति इनरुवा ५ ठेगाना लेखिएको भएपनि उनी सो वडाको नभएको वडाध्यक्ष अन्जनीकुमार पोखरेलले बताए । उनको स्वाव संकलन गरेको रेकर्डसमेत इनरुवा नगरपालिकासँग भेटिदैन । अर्की महिला भने इनरुवा १ मा डेरा लिएर बस्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एक प्रहरी हवल्दारको श्रीमति भएको बताईएको छ । दुहवीमा थपिएका मध्ये एक जना सञ्चारकर्मी रहेका छन । इटहरी, रामधुनी दुहवीका एक–एक जनाको भने दोस्रो पटक पनि पोजिटिभ रिपोर्ट आएको छ ।
धरानमा संक्रमित मध्ये तीन जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपिएका हुन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार प्रतिष्ठानको सर्जरीमा कार्यरत हेल्थ एड ३८ वर्षिय महिला, अर्को कनट्र्याक्ट ट्रेसिङका ४७ वर्षिय पुरुष र प्रतिष्ठानमा उपचार गर्न आएका मोरङका एक ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई जना कनट्र्याक्ट ट्रेसिङका हुन भने एक जना मोरङबाट पिसाब बन्द भएर उपचारका लागि आएका बिरामी हुन् । उनीहरूलाई आइसोलेसनमा भर्ना गरिसकिएको बताइएको छ ।
सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । सुनसरीमा अहिलेसम्म १ जना महिला र २ जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।
प्रदेश १ मा बिहीबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।
प्रदेश १ बाट बिहीबार ८१ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।
प्रदेश १ मा बिहीबार १ हजार ७७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।

















