- सिरहा,भदौ १० गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
पत्रकार बिनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरेको जनाएको छ ।
गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रहेको आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दुरव्यवहार गरेको भन्दै छानबिनको लागि समिति गठन गरिएको जनकारी दिनु भयो ।
महासंघ सिरहाका उपाध्यक्ष रामबाबु यादवको संयोजकत्वमा समिति गठन गरिएकाे छ । नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुरव्यहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने जनाइएकाे छ ।
सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको आरके मेडिसिटी हस्पिटबारे यसअघि पत्रकार यादवले समाचार लेखेका थिए ।


















