Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सम्झौता अवधि सकियो तर सकिएन हुलाकी सडकको काम

  • जनकपुर,भदौ १० गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

२०७३ सालमा जनकपुरदेखि कमला नगरपालिकाको सघारासम्म ३० दशमलव ७ किलोमिटर निर्माणका लागि टेण्डर आह्वान गरियो । हुलाकी राजमार्ग अन्तर्गत ३१ किलोमिटर सडक बनाउन नेकपाका नेता एवम् प्रदेशसभा सदस्य किशोरी साह निकटको लामा रमण जेभी निर्माण कम्पनीले ठेक्का पायो । कम्पनीले उक्त तीन चरणमा बनाउनेगरी सरकारसँग सम्झौता गरेको थियो । तर सम्झौताको अवधि बितिसक्दा भइसक्दा सडक निर्माण भने पूरा हुन सकेको छैन ।

उक्त कम्पनीसँग पहिलो चरणमा जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटर, दोस्रो चरणमा कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरियासम्म १३ किलोमिटर र तेस्रो चरणमा तिनकौरियादेखि कमला नगरपालिकाको सघारासम्म ५ दशमलव ७ किलोमिटर सडकको निर्माणको सम्झौता गरिएको थियो । नेता साहका निकट बलराम महतो सञ्चालक रहेको लामा रमण जेभी निर्माण कम्पनीले पहिलो र दोस्रो चरण अन्तर्गत सडक निर्माण गरिरहेको छ । कम्पनीले २०७५ फागुन ३ सम्म निर्माण पूरा गर्ने शर्तमा २०७३ असार ३१ मा भ्याटसहित रू. २७ करोड ९५ लाख ४३ हजारमा पहिलो चरणको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता बमोजिम अवधि सकिए पनि काम पूरा भएको छैन ।

समयमा काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकका लागि २०७६ असार २४ गतेसम्मको म्याद थपेको थियो । तर कम्पनीको ढिलासुस्तीका कारण उक्त म्यादभित्र पनि निर्माण पूरा हुन सकेको छैन । उक्त सडकको काम हालसम्म २५ देखि ३० प्रतिशत मात्र सकिएको बताइएको हो ।

दोस्रो चरणको सडक निर्माण २०७५ फागुन ३ गतेसम्ममा सम्पन्न गर्ने शर्तमा २०७३ असार ३१ मा लामा रमण जेभी कम्पनीले भ्याटसहित रू. २२ करोड ९७ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो । यो सडक पनि निर्धारित अवधिमा निर्माण नभएपछि २०७६ असार २४ गतेसम्म म्याद थपियो । म्याद थपिए पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन ।

यस्तै तेस्रो खण्ड सडक निर्माणका लागि ढुकुचु कन्स्ट्रक्शन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो । यो सडक खण्ड २०७५ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा २०७६ असोज २८ गतेसम्मका लागि पहिलो पटक म्याद थपियो । तर हालसम्म करीब २५ प्रतिशत मात्र निर्माण भएको छ ।

हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनताले सास्ती भोगिरहेका छन् । ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ । वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न समेत मुश्किल हुने गरेको छ ।

धनुषावासीका लागि मुख्य शहर हो जनकपुरधाम । तर हुलाकी सडक जर्जर बनेकाले कमला नगरपालिका, औरही नगरपालिका र विदेह नगरपालिकाका नागरिक सहजै जनकपुरधाम आउन सकिरहेका छैन । ‘पानी जमेको कतिपय ठाउँमा मोटरसाइकल पार गर्न पनि ठूलै जोखिम लिनुपर्छ,’ औरहीका प्रमोद अधिकारीले भने, ‘ठेकेदारको लापरबाहीले हुलाकी सडक समयमा बन्न सकेन ।’

सांसद नै ठेकेदार भएकाले कारबाही हुन नसकेको बुझाइ स्थानीय छ । एम्बुलेन्स समेत आवतजावत गर्न नसक्ने गरी हुलाकी सडक हिलाम्मे बनेको गुनासो स्थानीयवासीले गरेका छन् ।

कतिपय ठाउँमा हुलाकी सडकमा २ फिटसम्म पानी जमेको छ । पानीभित्र हिलो जमेको र इँटा तथा पत्थर रहेकाले आवतजावतमा समस्या हुने गरेको छ । तिनकौरिया चोक नजिकै सडकमा जमेको पानीमा हरेक दिन २–४ जना मोटरसाइकल चालक लड्ने गरेको स्थानीय बताउँछन् । प्रदेश सांसद नै ठेकेदार भए पनि सडक निर्माण कछुवाको गतिमा भइरहेको भन्दै प्रदेश २ को सदनमै पटक पटक आलोचना भइसकेको छ ।

जनताले समेत उनको व्यापक आलोचना गरेका छन् । उनले ठेक्काको प्रतिनिधिमा आफ्नो नामको सट्टा महेश्वर साहलाई राखेको स्रोतले बताएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh