स्याङ्जा । स्याङ्जा विर्घा ४ की अन्दाजी २६ वर्षीया एक महिला बुधबार बिहान करिब ७ वर्षीय छोरासहित कालीगण्डकी नदीमा होमिएको आशंका गरिएको छ।

घटनास्थल नजिकै नदी किनारमा उनीहरूको झोला, मोबाइल र चप्पल फेला परेपछि घटना सार्वजनिक भएको हो। ती महिलाको माइती पर्वतको बिहादी गाउँपालिका–४ रहेकाे बताईएकाे छ ।
किन उनले आफ्ना सन्तानसहित यस्तो कदम उठाइन् भन्ने कारण अहिलेसम्म स्पष्ट नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आमा–छोराको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घटनास्थल क्षेत्रमा परिचालित छन्।

















