काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नै विभागीय मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समझदारी बनेको थियो ।